मधेश ट्राफिक प्रहरीद्धारा छ करोड ७१ लाख असुल
वीरगञ्ज, १६ पुस । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बारा ले चालू आर्थिक वर्षको २०७५/२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकम असुल गरेका छन् । त्यसमध्ये क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी मात्र २ करोड २२ लाख ६८ हजार र

२०७५ पुस १६ सोमबार, बिहान ८:१० बजे१ मिनेट पढाइ

वीरगञ्ज, १६ पुस । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको २०७५/२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकम असुल गरेका छन् ।
त्यसमध्ये क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी मात्र २ करोड २२ लाख ६८ हजार राजश्व असुल गरेको हो । उक्त शीर्षकमा राजश्व असुली भएको अन्य प्रदेशभन्दा प्रदेश नं २ अगाडि रहेको सो कार्यालयका प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताए ।
प्रदेश नं २ मा बढ्दो जनसङ्ख्या, सवारी साधनको चाप तथा सडक सञ्जालको अवस्था चुनौती पूर्ण रहे पनि प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले क्षमताभन्दा बढी सामान बोक्ने सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन, सवारी दुर्घटना न्यूनीकरण गर्न सक्रिय रहेकाले चालू आवको पाँच महीनामा ६५ प्रतिशतले राजश्व वृद्धि गरेको छ ।
चालू आवको मङ्सिर समान्तसम्ममा ४८८ सवारी दुर्घटना भई १२६ पुरुष, ३१ महिला,२२ बालबालिका गरी १७९ को मुत्यु भएको छ भने २४६ सख्त घाइते भएका छन् । चालू आवको असार मसान्तसम्ममा ट्रक, बस, कार, जिप, भेन, ट्र्याक्टर, मोटरसाइकल, टेमपोबाट जरिवानाबापत रु छ करोड ७१ लाख ५१ हजार ५०० असुल गरेको बताइएको छ ।
यसैगरी अघिल्लो आव २०७४/०७५ को असार मसान्तसम्ममा २८८ सवारी दुर्घटना भएकोमा ८३ को मुत्यु भएको थियो भने १७० सख्त घाइते भए भने १५१ सामान्य घाइते भएका थिए । सो अवधिमा विभिन्न सवारी साधनलाई कारवाही गरी रु चार करोड ७ लाख ३३ हजार राजश्व सङ्कलन गरेको थियो ।
प्रदेश नं २ मा जुन प्रकारले सडक सञ्जालको सङ्ख्या बढी रहेको छ त्यसअनुरुप ट्राफिक जनशक्ति नभए पनि दुर्घटना न्यूनीकरण गर्न विभिन्न प्रकारको चेतनामूलक कार्यक्रम गर्दै आएको प्रहरी उपरीक्षक बज्राचार्यको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…