धनुषामा आमाले नै खुवाइन दुई छोरालाई विष , आफैँ पनि खाइन
जनकपुरधाम, ११ पुस । धनुषामा आफ्नी आमाले नै आफ्ना दुई कलिला छोरालाई विष खुवाएर आफू पनि विष खाएकी छन् । धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका वडा नं. १ सोनामाइ खजुरी टोल बस्ने रिना देवी यादवले घरायसी विवादका कारण आफ्नै छोराहरुलाई विष खुवाएर आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन् । आमाले नै विष खुवा

२०७५ पुस ११ बुधबार, दिउँसो १२:५४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ११ पुस । धनुषामा आफ्नी आमाले नै आफ्ना दुई कलिला छोरालाई विष खुवाएर आफू पनि विष खाएकी छन् ।
धनुषा जिल्लाको लक्ष्मिनिया गाउँपालिका वडा नं. १ सोनामाइ खजुरी टोल बस्ने रिना देवी यादवले घरायसी विवादका कारण आफ्नै छोराहरुलाई विष खुवाएर आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन् ।
आमाले नै विष खुवाउँदा एक छोराको मृत्यु भएको छ भने अर्को छोरा र आमाको अवस्था चिन्ताजनक रहेको तथा उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रिनाको दुई छोरा रहेका छन् । उनको जेठो छोरा रितिक र कान्छो छोरा रितेश यादव रहेका छन् । दुवैलाई विष खुवाएर आफू पनि विष सेवन गरेकी जिल्ला प्रहरी कार्यालय धनुषाको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । रिनाले यी घटनालाई मँगलबार नै अँजाम दिएपनि जानकारी भने बुधबार मात्र अस्पतालबाट आएको जनाइएको छ ।
आमाले नै विष सेवन गराउँदा उनका कान्छो छोरा रितेशको जनकपुर अञ्चल अस्पतालमै उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जेठा छोरा रितिक र रिनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…