बालबालिकाको लागि संवैधानिक अधिकार अपरिहार्य : मन्त्री साहको
जनकपुरधाम, ९ पुस । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले बालबालिकाको भविष्य बालबालिकाको हातमा, बालबालिकाको भविष्य हाम्रो हातमा भएको उनीहरुको भविष्य निर्माण जिम्मा हामी माझ रहेको बताएका छन् । देशमा महामानवको उत्पादन यहाँबाटै हुने भएकाले सोही अनुरुपमा नागरिकको विकास आवश्यक रहेको बताएका

२०७५ पुस ९ सोमबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ९ पुस । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साहले बालबालिकाको भविष्य बालबालिकाको हातमा, बालबालिकाको भविष्य हाम्रो हातमा भएको उनीहरुको भविष्य निर्माण जिम्मा हामी माझ रहेको बताएका छन् ।
देशमा महामानवको उत्पादन यहाँबाटै हुने भएकाले सोही अनुरुपमा नागरिकको विकास आवश्यक रहेको बताएका हुन् । सोमवार जनकपुरधाममा आयोजित प्रादेशिक संरचनामा प्रारम्भिक बालबाविकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषय परामर्श कार्यक्रममा मन्त्री साहले देशको भविष्य बालबालिकाको हातमा हुने भएकोले र बालबालिकाको भविष्य अभिभावकको जिम्मा हुने भएको कारण त्यसलाई नमन गर्दै बालबालिकालाई वैज्ञानिक, व्यवहारिक तथा समाजिक ज्ञानको चेतना बृद्धिमा जोड दिए ।
भविष्यका सन्ततिका लागि शरिरको आत्मा नै शिक्षा भएकोले शिक्षा अनुसारको चेतना अनुसार बालबाबिकासबाटै व्यक्तिको निर्माण हुने भएकोले यसमा जोड दिन आवश्यक रहेको बताए ।
सेतो गुराँस राष्ट्रिय बालबालिका सेवा ललितपुरको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमको उदेश्यमाथि संघीय सांसद मिनाक्षी झाले प्रकाश पारेका थिए भने सेतो गुराँस राष्ट्रिय बालबालिका सेवाका कार्यकारी निर्देशकले कुन्ति रानाले प्रारम्भिक विकासको अवधारणा, महत्व र भावी जीवनमा पर्ने प्रभावको बारेमा सहजीकरण गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…