देशैभरिका जेसीजकर्मिहरु जनकपुरधाममा
हलको अगाडि जानकी मन्दिर नै निर्माण गरेको आकर्षक देखिन्छ ।

२०७५ पुस ८ आइतबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ७ पुस । नेपाल जेसिजको ४५ औ राष्ट्रिय महाधिवेशन जनकपुरधाममा शुरु भएको छ । शनिबार देखि नेपाल जेसिजको राष्ट्रिय महाअधिवेशन जनकपुरधामको तिरहुतिया गाछीमा शुरु भएको हो ।
महाधिवेशनको उदघाटन गर्दै पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुक बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको र साथै देश संघियतामा गइसकेको बेला विकास लगायत अन्य कार्यहरु अझै मजगूतिका साथ कार्य अघि बढाउनुपर्ने आवश्यक्ता रहेको बताए ।
साथै जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्तिहरु पनि यसवाट शिक्षा लिनुपर्ने आजको आवश्यक्ता रहेको पूर्व राष्ट्रपति डा। यादवले भन्ने। यसप्रकारको अधिवेशनले जनकपुरको पर्यटनलाई बढाउन मदत पुग्ने समेत उहाँले चर्चा गर्नुभएको थियो
समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को विकास पर्यटनले मात्रै हुने भएकाले यसमा जोड दिने गरेको उल्लेख गर्नुभो।
उक्त महाधिवेशनमा ७७ जिल्लाका जेसिजहरु सहभागि रहेका छन र पुष १० सम्म हुने भएको छ।कार्यक्रममा सांस्कृति कार्यक्रम पनि प्रदर्शन गरिएको थियो।
महाधिवेशनको तयारी राम्रोसँग गरेको र हलको अगाडि जानकी मन्दिर नै निर्माण गरेको आकर्षक देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…