बेचिएको दलित बस्तीमा पुगे मधेश सरकार
जग्गा धनीलाई पटकपटक आग्रह गरेपनि पास नगरिदिएको ।
२०७५ पुस ७ शनिबार, बिहान ९:५२ बजे१ मिनेट पढाइ

जग्गा धनीलाई पटकपटक आग्रह गरेपनि पास नगरिदिएको ।
२०७५ पुस ७ शनिबार, बिहान ९:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । वडा कार्यालयले दिएको गलत सिफारिसका कारण बेचिएको सिरहाको मिर्चैया नगरपालिका–७ फूलवरियाको महराटोल (दलित बस्ती) मा प्रदेश सरकार पुगेको छ । झण्डै ९० वर्षदेखि बस्दै आएको दलित बस्तीको जमीन वडाध्यक्ष रामकुमार यादवले गलत सिफारिस दिँदा बिक्री भएपछि विचल्लीमा परेका दलित बस्तीको समस्या बुझ्न प्रदेश सरकार सो बस्ती शुक्रवार पुगेका हुन् ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र प्रदेश २ का महान्यायाधिवक्ता दिपेन्द्र झा बस्तीमा पुगेर उनीहरूको समस्या बुझेका छन् । प्रदेश सरकारले उनीहरूलाई मुद्दा प्रक्रियामा जान सुझाव दिएका छन् ।
यस मुद्दामा प्रदेश सरकारले पहल गर्ने र मुद्दा प्रक्रिया निः शुल्क रहने प्रदेश २ का महान्यायाधिवक्ता दिपेन्द्र झाले न्यूज ब्यूरोसँग भने ।
उनीहरूलाई कुनैपनि हालतमा न्याय दिलाउने प्रदेश सरकारको टोलीले बाचा गरेका छन् ।
मन्त्री यादवले प्रदेश सरकारबाट यसको लागि भरपुर सहयोग भेट्ने प्रतिबद्धता गरे । सिँगो बस्ती नै बिक्री भएको समाचार विभिन्न सञ्चार माध्यममा भाईरल भएपछि प्रदेश सरकारले चासो लिएका हुन् भने स्थानीय युवा नेता रामेश्वर यादव यसमा सघाउँदैछन् ।
उनीहरूले कयौं वर्ष पहिले चलनचल्ती दररेटमा जग्गा खरिद गरेको र जग्गा धनीलाई जग्गा पास गरिदिन पटकपटक आग्रह गरेपनि आजभोलि गर्दै पास नगरिदिएको गुनासो सुनाए ।
जग्गा धनी रामचन्द्र साहका नातीहरुले गएको मंसिर ९ गते धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा व्यवसायी सुरेशकुमार महतोलाई दलित बस्ती रहेको ६ कठ्ठा जमिन बिक्री गरेका हुन् । उक्त दलित बस्तीमा २८ घर परिवार बसोबास गर्दै आएका छन् ।
यता, वडाध्यक्ष रामकुमार यादवले आफू जहिले पनि दलितहरुकै पक्षमा रहेको भन्दै आफूसँग सिफारिस गरेको जमिनमा दलित बस्ती भएको जानकारी नभएकोले सिफारिस दिएको बताउँदै आएको छ । यस सन्दर्भमा विस्तृत जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज

गाउँ / समाज
२ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम१५ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१८ घण्टा अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१९ घण्टा अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी२३ घण्टा अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…