बालिका अपहरण गरी बलात्कार, यादव पक्राउ
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा एक बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । गत मँसिर २५ गते १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई पक्राउ गरेको हो । आरोपित

२०७५ पुस ६ शुक्रबार, दिउँसो १:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा एक बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ ।
गत मँसिर २५ गते १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई पक्राउ गरेको हो ।
आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पु¥याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयले जबरर्जस्ती करणीको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…