राजेन्द्र महतोलाई गाली गर्दा उनकै साँसद साह पिटिए
भित्रैभित्रको मनमुटाव भन्ने बढदै गएको

२०७५ पुस ५ बिहीबार, राति ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सँयोजक राजेन्द्र महतोलाई गाली गलौज गरेको भन्दै उनकै एक साँसद कुटिएका छन् ।
विहिबार जनकपुरधाम स्थित राजपाकै एक मन्त्रीको सरकारी निवासमा बसेको समान्य भलाकुसारीको क्रममा राजपा नेपालबाट धनुषा निर्वाचन क्षेत्र नं. ३ ख बाट निर्वाचित प्रदेश साँसद परमेश्वर साहलाई कुटपिट गरेको हो ।
राजपा नेपालको प्रदेश नं. २ का सचेतक समेत रहेका प्रदेश साँसद साहलाई उनकै पार्टीका केन्द्रीय सदस्य संजय चौधरीले कुटपीट गरेको हो । दूवै बीच समान्य कुरोलाई लिएर विवाद शुरु हुँदै कुटपीटमा परिणत भएको थियो ।
विहिबार अपरान्ह राजपा नेपालबाट प्रदेश नं. २ को लागि भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलको सरकारी निवासमा समान्य भनाभन हुँदा आवेगमा आएका साँसद साहले राजेन्द्र महतो उपर अपशब्द प्रयोग गर्दै गाली गरेको भन्दै कुटपिट गरेको बुझिएको छ ।
तत्कालै मन्त्री सोनलले हस्तक्षेप गरेपछि स्थिति नियन्त्रणमा आएको थियो । साह पार्टीका शिर्ष नेता महन्थ ठाकुर समर्थक र चौधरी वर्तमान संयोजक राजेन्द्र महतो समर्थक रहेका छन ।
राजेन्द्र महतोको विषयमा अनावश्यक कुरो बोल्दा सचेतक साहलाई कुटेको केन्द्रिय सदस्य चौधरीले स्वीकार गरेका छन । यस सम्बन्धमा साँसद साहसँग सम्पर्क हुन सकेनन् ।
केही दिनयता देखि राजपा नेपालमा फुटको सँकेतका साथै पूर्व अध्यक्षमण्डलबीचको असहमति बढदै गएको समाचारहरु विभिन्न सँचारमाध्यमहरुमा आउँदै गरेको छ । हालाकी पार्टीको आन्तरिक हालातबारे महन्थ ठाकुर (बाबा ठाकुर) ले साकारात्मक प्रतिक्रिया दिदै आएका छन् ।
राजपा नेपालको लागि अध्यक्ष मण्डलका समेत सँयोजक रहेका महन्थ ठाकुरले राजेन्द्र महतोलाई सँयोजक बनाइएको सर्वसहमतिको प्रेस विज्ञप्ति जारी गरिएपनि भित्रैभित्रको मनमुटाव भन्ने बढदै गएको देखिएको छ ।
#दुममतिअनलाईनको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…