जनकपुरका भूमाफिया महन्थ १५ लाख धरौटीमा रिहा
रिहा भएपछि उनलाई फूलमाला लगाएर बधाई

२०७५ पुस २ सोमबार, बेलुकी ६:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । गुठीको जग्गा अवैद्यानिक रुपले विक्री गरेको भन्दै पक्राउ परेका महन्थ बैकुण्ठ दास वैष्णवलाई धरौटीमा रिहा गरिएको छ ।
उनलाई धनुषा जिल्ला अदालतले सोमबार रिहा १५ लाख रुपैयाँ धरौटी माग गरी रिहाा गरेको हो । गुठीको जमिन अवैद्यानिक विक्रि गरी फरार रहेका जनकपुरका एक महन्थ काठमान्डौँबाट पक्राउ गरिएको थियो ।
जनकपुरधामको रत्नसागर मन्दिरका महन्थ बैकुण्ठ दासलाई राजधानीको पुतली सडकस्थित तिरुपति होलि डे इन (गेस्ट हाउस) बाट महानगरीय प्रहरीे अपराध महाशाखाको विशेष टोलीले गत मँसिर ११ गते बुधबार बेलुका आठ बजे उनलाई पक्राउ गरेको थियो ।
दासलाई पक्राउ गरेलगत्तै विहानपख मँसिर १२ गते विहिबारको दिन जनकपुरधाम ल्याइएको थियो । धनुषा जिल्ला अदालतमा सरकारी कागज किर्ते गरेको मुद्दामा उनलाई पेश गरिएको थियो । नेपाल सरकारबाट सरकारी वकिल तथा महन्थ दासको तर्फबाट वकिलले बहस गरेपछि उनको मुद्दामा सुनुवाई गर्दै धनुषा जिल्ला अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरी रिहा गरेको हो ।
सरकारी कागज किर्ते अभियोगमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका उनी केही दिनअघिदेखि काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।
राजनीतिक संरक्षणको खोजीमा उनी राजधानी गएका थिए । नक्कली लालपुर्जा र गुठी रसिद बनाई हजारीजनक विद्यापीठको २ बिघा १८ कट्ठा जग्गा अशोक शर्मा नाम गरेका व्यक्तिलाई बिक्री गरेका उनीविरुद्द सरकारी कागज किर्ते गरेको अभियोग लागेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…