• २०७५ पौष २ गते, सोमबार
०७:०८ am

रत्नसागर मन्दिरका महन्तलाई पक्राउ गर्न 'आरेष्ट वारेन्ट'

उनले बेचेको जग्गामा माटो पुर्ने कार्य भईरहेको छ ।


न्यूज ब्यूरो,  जनकपुरधाम । जनकपुरधामको रत्नसागर मन्दिरका महन्तलाई पक्राउ पूर्जी (आरेष्ट वारेन्ट) जारी गरिएको छ । 

 


किर्ते जालसाजी गरी मठमन्दिरको जग्गा बेच्न खोजेको आरोप लागेका रतनसागर मठका महन्थ बैकुण्ठ दास वैष्णवलाई पक्राउ पुर्जी जारी गरिएको हो ।


जिल्ला अदालत धनुषाले दासलाई पक्राउ पुर्जी जारी गरेको छ ।शुक्रवार अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएपनि दासलाई पक्रन सकेको छैन् । उनी हाल काठमाण्डुमा एकजना व्यक्तीको घरमा बसेको बताईएको छ ।

 

किर्ते जालसाजीको सो मुद्दामा बैकुण्ठ दासको मतियार अशोक कुमार शर्मालाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ । अढाई अर्व भन्दा बढी मुल्यको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ को अढाई विघा गुठी जमिनको किर्ते जालसाजी गरी बैकुण्ठ दास जग्गाधनी र शर्मालाई मोही बनाइएको छ ।

 

किर्ते जालसाजी मुद्दामा पक्राउ पर्ने संभावना बढेपछि उनी काठमाण्डुमा बसेका छन् । एकातिर पक्राउको प्रकृया सुरु हुँदा अर्को तिर उनले जानकी बृद्धाआश्रम उत्तर तर्फको जग्गा हालै बिक्री गरेका छन् ।

 

उनले बेचेको जग्गामा माटो पुर्ने कार्य भईरहेको छ । किर्ते जालसाजीको मुद्दामा लाग्ने खर्च जुटाउन उनले सो जग्गा बेचेको बताईएको छ ।  जनकपुर टुडेमा समाचार प्रकााशित छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

न्यूज ब्यूरो, डेस्क

सम्पादन कक्ष

प्रदेश नं. २, जनकपुरधाम - नेपाल

न्यूज ब्यूरो, डेस्क || विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । मुख्य कार्यालय : प्रदेश नं. २, जनकपुरधाम–२, कदमचोक । फोन नं. +97741-420085, ईमेल ठेगाना – [email protected]

प्रतिकृया दिनुहोस