शहिदनगरको ९१ जनामा मोतिविन्दु
न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियामा सोमबार सम्पन्न निःशूल्क आँखा शिविरमा ९१ जना मोतिविन्दुको विरामी पाइएको हो । सोमबार सम्पन्न एक दिने आँखा शिविरमा शहिदनगर नगरपालिका सहित अन्य ठाउँका सर्वसाधारणहरु लगायत जम्मा २ सय २५ जनाले आँखा जाँच गराएका हुन् । नेपाल रेडक्रस सोसाइटी

२०७५ पुस २ सोमबार, बेलुकी ५:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियामा सोमबार सम्पन्न निःशूल्क आँखा शिविरमा ९१ जना मोतिविन्दुको विरामी पाइएको हो ।
सोमबार सम्पन्न एक दिने आँखा शिविरमा शहिदनगर नगरपालिका सहित अन्य ठाउँका सर्वसाधारणहरु लगायत जम्मा २ सय २५ जनाले आँखा जाँच गराएका हुन् । नेपाल रेडक्रस सोसाइटी जानकी आखा अस्पताल जनकपुरको आयोजना र तिलगंगा आखा प्रतिष्ठान काठमाडौ तथा फ्रेडहोलोज फाउन्डेसनको सहयोगमा स्थानीय सहयोगी संस्था ॐ शक्ति सामुदायिक अध्ययन अनुसन्धान केन्द्र शहिदनगर ८ बिसरभोरामा भएको शिविरमा २२५ जनाको आँखा जाँच गरिएको छ ।
उक्त शिविरमा गरिएको आँखा चेकजाँचको क्रममा ९१ जनामा मोतीबिन्दु पाइएको छ । ॐ शक्ति सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष बिनोद रोहिताको अध्यक्षतामा एवम् शहिदनगर न.पा. ८ का वडा अध्यक्ष तनुक लाल कुसियैतको प्रमुख अतिथियमा आँखा शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा छानिएको मोतीबिन्दुका बिरामी हरुलाई यही पुस ९ र १० गते आँखा उपचार केन्द्र यदुकोहामा अपरेसन गर्ने भएको छ । शहिदनगर नगरपालिकाका मोतिविन्दुका विरामीहरुले अपरेशनको लागि लाग्ने खर्च नगरपालिकाको कार्यालयले बेहोर्ने जानकारी यसअघि नै नगर प्रमुख उदय कुमार बरबरियाले जानकारी गराईसकेका छन् ।
मोतियाविन्दु अपरेशनको लागि तोकिएको १ हजार ५० रुपैयाँ शहिदनगर नगरपालिकाको कार्यालयले बेहोर्ने निर्णय गरिएको हो । अपरेशनको लागि नगरपालिकाले खर्च बेहोर्ने भएपछि सर्वसाधारणहरुले मेयर बरबरियाको निर्णयलाई सरहानीय बताउँदै प्रशँसा गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…