डा. सिके राउतलाई रिहा गर्न उच्च अदालतले गरे आदेश
अदालत समक्ष कुनै पनि राउत विरुद्ध प्रमाण नभेटिएपछि रिहाईको आदेश

२०७४ मंसिर २७ बुधबार, बेलुकी ५:३७ बजे१ मिनेट पढाइ

जनकपुुरधाम, २८ मँसिर । मधेसको वकालत गर्ने डा. सिके राउतलाई उच्च अदालत जनकपुरले रिहा गर्ने आदेश दिएको छ ।
प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनकै दिन जनकपुर स्थित बस्दै आएका डा. राउतलाई प्रहरीले चुनाव विरोधी भन्दै पक्राउ गरेका थिए ।
स्वतन्त्र मधेस गठबन्धनका सँयोजक समेत रहेका डा. राउतले कुनै पनि दललाई भोट नगर्न प्रचार प्रसार सहित कोठली बाहीर मत हान्ने अभियान चलाएका थिए ।
अदालतले आदेश गरे लगत्तै डा. राउत हिरासत मुक्त भएका हुन, उच्च अदालत जनकपुरले राउत विरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै हिरासत मुक्त गर्न आदेश दिएको हो ।
उच्च अदालतका रेजिष्टार मानबहादुर कार्की समक्षमै प्रहरीले राउतलाई रिहा गरेको हो ।
गत मँसिर २१ गते राउत सहित उनका समर्थकहरु समेत पक्राउ परेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…