फलोअप : कर्मचारीलाई कुटदा काटिएको लाईन अझ भएन सुचारु , गरिबको विच्चली !
जनप्रतिनीधिले कुनै प्रकारको चासो भने लिएका छैनन् ।

२०७५ मंसिर २९ शनिबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विद्युत कर्मचारीलाई हातपात गरेपछि काटिएको लाईन अझ सुचारु गरिएको छैन । धनुषाको सबैला नगरपालिका वडा नं. ४ पटेर्वा स्थित गत मँसिर १० गतेदेखि विद्युत कर्मचारीहरुले लाईन अवरुद्ध गरेका छन् ।
गाउँमा चेकजाँचको लागि निस्केको विद्युत प्राधिकरणको टोलीले हुकिँग गरी बालिरहेको अवस्थामा एक स्थानीयलाई प्रहरीको सहयोगमा पक्राउ गरेको थियो । पक्राउ गरेपछि जनकपुर ल्याउने क्रममा एक स्थानीयले किन समातेको भन्दै प्रश्न गर्दा विद्यतु कर्मचारीले उनलाई पनि समात्न लगाउँदा लफडा र विवाद भएको थियो ।
विवादको क्रममा स्थानीयहरुले विद्युतका कर्मचारीहरुलाई हातापात गरेपछि आक्रोसित विद्युत कर्मचारीले ट्रान्सफरबाट ११ हजार भोल्ट ३३ केभिएमा जडान गरिएको फयूज निकालेर लगेका छन् । फ्यूज निकालेपछि सिँगो पटेर्वा टोलकै लाईन अवरुद्ध भएर स्थानीयवासीहरु विजुली उपभोगबाट बञ्चित भएका छन् ।
झण्डै २० दिनदेखि काटिएको लाईन अझ नदिएपछि गरिब जनताहरु मार्कामा परेका छन् भने दैनिक कार्यमा समेत्त प्रभाव परेको देखिएको छ । लाईन काटिएपछि वडाध्यक्ष वा सम्बन्धित जनप्रतिनीधिले कुनै प्रकारको चासो भने लिएका छैनन् ।
यस सम्बन्धी पहिलो समाचार
धनुषामा विद्युत्त कर्मचारीलाई रामधुलाई, सिँगो गाउँकै लाईन काटियो !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…