धनुषामा विद्युत्त कर्मचारीलाई रामधुलाई, सिँगो गाउँकै लाईन काटियो !
विगत ४ दिनदेखि लाईन काटिएको छ ।

२०७५ मंसिर १४ शुक्रबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधामा । धनुषामा विद्युत कर्मचारीलाई कुटपिट गरेपछि सिँगो गाउँकै विजुली आपूर्ति बन्द गरिएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. ४ पटेर्वामा स्थानीयहरुले विद्युत कर्मचारीहरुलाई हातपात गरेपछि सिँगो गाउँकै लाईन काटिदिएको छ ।
गत साता मात्र विद्युत प्राधिकरणको महेन्द्रनगरबाट खटि गएको अनुगमन टोलीले पटेर्वामा हुँकिँग गरी विद्युत चोरी गरिरहेका उपभोक्तालाई समातेर लैजाने क्रममा विद्युत कर्मचारीहरुलाई केही स्थानीयहरुले कुटपिट गरेका थिए ।
विद्युत चोरी गर्ने एक जनालाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर लैजाने क्रममाम एक स्थानीयले विद्युत कर्मचारीलाई किन समातेको भन्दै प्रश्न गर्दा विद्युत कर्मचारीले उनलाई पनि समात्न लगाएपछि आक्रोसित स्थानीयहरुले कर्मचारी उपर हातपात गरेका थिए ।
आक्रोसित स्थानीयहरुले कर्मचारीको गाडीको सिसा फुटाउँदै कर्मचारीलाई पनि राम धुलाई गरेपछि पुनः आक्रोसित बनेका कर्मचारीहरुले सिँगो गाउँकै लाईन आपूर्ति बन्द गरिदिएपछि स्थानीय उपभोक्ता मारमा परेका छन् ।
स्थानीयहरुका अनुसार गाउँकै एक जनाले विद्युत मिटर दिने भन्दै रकम असुल गरेको तथा अहिलेसम्म विद्युत मिटर नदिँदा हुकिँग गरेर विजुली बाल्न बाध्य भएको बताए ।
स्थानीय गरिबहरुबाट दस्तुर भन्दा बढी नै रकम लिएपनि हालसम्म मिटर नदिँदा हुँकिग गरी बाल्न बाध्य भएको बताउँदै मिटरबालाहरुको पनि लाईन काटिएपछि विजोग भएको छ । विगत ४ दिनदेखि लाईन काटिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…