कान्छो मेयरले कसम खाए
मेयर बरबरियाले छोटै राजनीतिक यात्रामा निकै प्रसँसा र चर्चा बटुल्न सफल भएका छन् ।

२०७५ मंसिर २७ बिहीबार, राति ९:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर उदय कुमार बरबरिया (यादव) ले नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ को प्रदेश कमिटिको सदस्यका लागि सपथ खाएका छन् । धनुषा सहिदनगर नगरपालिकाका बरबरियाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित सपथ कार्यक्रममा प्रदेश कमिटिको सदस्यका लागि सपथ लिएका हुन् ।
यसअघिको कमिटि चयन बैठकबाट प्रदेश नं. २ को २ सय १५ जना मध्ये धनुषाबाट सदस्यमा कान्छो मेयर बरबरियालाई छनौट गरिएको थियो ।
सबभन्दा ठुलो प्रदेश कमिटि मानिएको उक्त कमिटिमा बरबरिया चयन भएपछि आफूलाई गौरवान्ति तुल्याएको बताए ।
मुलुककै कान्छो मेयर भनेर नाम कमाएका मेयर बरबरियाले छोटै राजनीतिक यात्रामा निकै प्रसँसा र चर्चा बटुल्न सफल भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…