प्रदेशमा विकास निर्माणको कार्य तीव्र गर्नुहोस : मन्त्री सोनल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले प्रदेशमा भईरहेको विकास निर्माणका कार्यहरुलाई तिव्रता दिन निर्देशन दिएका छन् । मँगलबार मन्त्रालय अन्तर्ग पुर्वाधार कार्यालय प्रमुखहरुसंग जनकपुरधाममा सुरु भएको एक दिने गोष्ठी कार्यक्रममा मन्त्री सोनलले प्रदेश भित्

२०७५ मंसिर २५ मंगलबार, दिउँसो १२:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले प्रदेशमा भईरहेको विकास निर्माणका कार्यहरुलाई तिव्रता दिन निर्देशन दिएका छन् ।
मँगलबार मन्त्रालय अन्तर्ग पुर्वाधार कार्यालय प्रमुखहरुसंग जनकपुरधाममा सुरु भएको एक दिने गोष्ठी कार्यक्रममा मन्त्री सोनलले प्रदेश भित्र भईरहेको विकासका पूर्वाधारका कार्यहरुलाई तिव्रता दिन अनुरोधका साथै सम्बन्धित निकायलाई निर्देशन समेत दिएको हो ।
प्रदेशको विकासको लागि प्रदेश सरकारले चालेको कदम र विनियोजन गरेको बजेटको सही सदुपयोगको लागि मन्त्री सोनलले जिम्मेवारी निकायले निष्ठापूर्वक आफ्नो जिम्मेवारी निभाउनुपर्ने बताए ।
उनले भने, "प्रदेश नं. २ विकासोन्मुख प्रदेश हो । यसलाई सहित तरिकाले उपयोग गर्न सकियो भने प्रदेशमा विकासको लहर ल्याउन कुनै कठिनाई हुनेछैन । मात्र आ आफ्नो तवरबाट सबैले निष्पक्ष रुपमा उभिदिनुपर्छ ।"
कार्यक्रम भौतिक पुर्वाधार बिकास राज्य मन्त्री डिम्पल झा , मन्त्रालयको सचीव पुस्कारनाथ घिमिर तथा यातायात पुर्वाधार निर्देशनालयका उमाकान्त साह, मन्त्रालय महाशाखा प्रमुख लगायत उपस्तिथि रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…