के हो 'सुन्दर शान्त नेपाल परियोजना ?' जान्नुहोस् ।
न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँस्था सपोर्ट नेपालको नव परियोजना सुन्दर शान्त नेपाल सँचालन हुने भएको छ । अल्पसँख्यक, दलित, उत्पीडन, सीमान्तकृत समुदायको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको सपोर्ट नेपालले उनीहरुलाई एक ठाउँमा बाँध्नको लागि सुन्दर शान्त नेपालको परिकल्पना ल्याएको हो । फोर्न एण्ड कमन वेल

२०७५ मंसिर २१ शुक्रबार, दिउँसो ३:११ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँस्था सपोर्ट नेपालको नव परियोजना सुन्दर शान्त नेपाल सँचालन हुने भएको छ ।
अल्पसँख्यक, दलित, उत्पीडन, सीमान्तकृत समुदायको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको सपोर्ट नेपालले उनीहरुलाई एक ठाउँमा बाँध्नको लागि सुन्दर शान्त नेपालको परिकल्पना ल्याएको हो ।
फोर्न एण्ड कमन वेल्थ अफिर र कन्फिलिक्ट स्टाबिलिटी एण्ड सेकुरिटी फण्डको सहयोगमा सँचालित भएको यो परियोजना आगामी सन् २०२० सम्म चल्ने आयोजक सहयोगी संस्था सपोर्ट नेपाल धनुषाले जनाएको छ ।
संघीय नेपालको ३ वटा प्रदेशको १६ वटा स्थानीय तहमा सँचालन हुने जनाइएको छ । प्रदेश ७ को २ नगरपालिका (कैलाली), प्रदेश ५ को ६ नगरपालिका
(रुपन्देही, कपिलवस्तु र बांके) तथा प्रदेश नं. २ को ८ नगरपालिका (पर्सा,बारा, धनुषा र सिरहा) मा सँचालित गरिएको छ ।
८ जिल्लामा सँचालित यी परियोजनाको प्रदेश र स्थानीय सरकारमा संघीयताको अनुभूति गराउने उदेश्य सहित देश विकास र सुन्दर शान्त नेपालको परिकल्पना गरिएको छ ।
सीमान्तीकरणका कारकहरु, मुख्य व्यक्तिहरु र यसलाई सम्बोधन गर्न सक्ने पहलहरुको पहिचान गर्ने , सीमान्तीकरणका अन्तर्निहित तत्वहरुलाई सम्बोधन गर्ने विधीको विकास र परिक्षण गर्ने , संघीय प्रणालीमा सीमान्तीकरण कसरी विद्यमान छ, यसमा संलग्न भएकाहरु संग संलग्न हुनुको अवसर र अवरोधहरुको बुझाईकाको आधारमा अनुगमन र सिकाईको मजबुत रुपरेखा विकास गर्ने, तथा अति प्रभावकारी र द्वन्द्ध संवेदनशिल तरिकाबाट सीमान्तीकृत समुहहरुलाई नयाँ संरचनामा सहयोग गर्ने जस्ता कार्यविधिहरु यी परियोजनाले बोकेका हुन् ।
परियोजना सँचालन भएपछि र समाप्त सम्म यस परियोजनाबाट संघीय संरचनाको बारेमा प्रष्ट बुझाईको माध्यमले लक्षित सीमान्तकृत समुदायहरु अझ राम्ररी संघीयताका लाभांशहरु प्राप्त गर्न सक्षम हुनेछन्, उनीहरुको आवश्यकताको बारेमा स्पष्ट बोल्न र उत्तरदायी, पारदर्शि र जिम्मेबार प्रशासनका लागि पैरवी गर्न सक्नेछन् । राजनीतिक र निर्वाचित जनप्रतिनिधीहरुले उनीहरुको निर्वाचन क्षेत्रको सरोकार र आवश्यकतालाई झन प्रतिबिम्वित गर्ने भएपछि संघीय प्रकृया प्रति सीमान्तकृत समदुायको भरासे झन्बढि हनु छ ।
विकास साझेदार, सरकार र अन्य सम्बन्धित संस्थाहरु र व्यक्तिहरुलाई परियाजे नाबाट सीमान्तकृत समुदायहरु सघीयताबाट कसरी लाभ लिन सक्छन, र सीमान्तीकरणको कारणले भएका जोखीमहरुलाई कम गर्न के ले काम गर्छ भन्ने तथ्यमा आधारित ज्ञान र सिकाईहरु उपलब्ध गराउने । अपेक्षा लिइएको छ ।
सँचालित परियोजनाले समुदायहरुलाई, उनीहरुको समस्या र सरोकारहरुको पहिचान, पा्रथमिकिकरण, विश्लेषण गरि स्थानीय सरकार र संघसंस्थाहरुसंग सलग्न गराउनका लागि कार्य योजना बनाउन सहयोग गर्ने , संघीय प्रणालीमा निर्णय लिने प्रकृया र नागरिकहरुलाई सहभागि हुन के अवसरहरु छन् । भन्नेबारेमा समुदाय स्तरको सचेतना निर्माण गर्नुे । परम्परागत र धामिर्क नेतत्व लगायतका सामुदायिक समुहहरुलाई सीमान्तकृत, समुदायको प्रतिनिधीत्व सुधार्न, उनीहरुको प्राथमिकताहरुलाई स्पष्टसंग भन्नका निर्वाचित प्रतिनिधीहरु र नागरिक समाजलाई संलग्न गराउन लागि सीप, विधी र रणनीतिहरुले सज्जित गर्नु जस्ता गतिविधिहरु गर्दै आएको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…