सप्तव्यापी विवाहपँचमी सुरु, आज नगर दर्शन भोली फूलबारी लिला
छठौ दिन शुभविवाह (विवाहपँचमी) र सातौ दिन राम कलेवाको आयोजना गरिने छ ।

२०७५ मंसिर २१ शुक्रबार, बिहान ८:२० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको उत्सवको रुपमा मनाइने विवाहपँचमीको साता व्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत शुक्रबार पहिलो दिन आज नगरदर्शन कार्यक्रम हुने भएको छ ।
प्रत्येक वर्षझै यसपाली पनि दिउँसो जानकीलाई नगर दर्शन गराउने कार्यक्रम रहेको छ । भने भोली शनिबार फूलबारी लिला कार्यक्रम हुने भएको छ । मन्दिर नजिकै रहेको विवाहमण्डमा फूलबारी लिला हुने जनाइएको छ ।
राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लिला कार्यक्रम भनिन्छ । राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलवारी लिला कार्यक्रम गर्ने प्रचलन रहेको छ । शनिबार (भोली) भने धनुष यज्ञको कार्यक्रम रहेको छ ।
मधेश मिथिलाको प्रसिद्ध मानिएको विवाह पञ्चमी महोत्सव जनकपुर दर्शन कार्यक्रम सहित विधिवत रुपमा सुरु भएको हो । महोत्सव अन्तर्गत विवाह पंचमी महोत्सवलाई भव्यता प्रदान गर्नको लागि विभिन्न ७ दिने कार्यक्रमको आयोजना गरिने भएको छ।
विवाह पंचमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन र दोश्रो दिन फुलवारी लिला सम्पन्न गरिन्छ भने तेश्रो दिन धनुषयज्ञ , चौथो दिन तिलकोत्सव, पांचौ दिन मटकोर, छठौ दिन शुभविवाह (विवाहपँचमी) र सातौ दिन राम कलेवाको आयोजना गरिने छ ।
जनककी छोरी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले गोस्वामी तुलसीदासद्वारा रचित रामायणमा भएको वर्णनअनुसार यसलाई विशेष महोत्सवका रुपमा मनाउने गरिन्छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयम्बरका लागि राखेका शिवधनुषलाई अयोध्याका राजा दशरथका छोरा रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।
रामायण अनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्बरमा ५६ कोटी देवताको उपस्थिति थियो ।
सीतालाई छोरी बहिनीका रुपमा मान्ने मिथिलावासी, महोत्सवमा देवीदेवताको शरिरको सहभागिता नभए पनि अदृश्य रुपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रति छायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।
महोत्सवमा हिन्दुका अतिरिक्त बौद्ध, शिख र इसाइलगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृति अनुसार जनकपुर नगर दर्शन, फूलवारी लिला, तिलकोत्सव, मटकोर, स्वयम्बर र विवाह संस्कार सम्पन्न हुने गर्छ ।
पौराणिक व्यवस्था अनुरुप राममन्दिरबाट बाजागाजा, झांकीसहित भगवान रामको प्रतिमालाई विशेषरुपमा निर्मित डोला सिंहासनमा राखी जनकपुर नगर परिक्रमा गर्दै रङ्गभूमिमा पु¥याइन्छ ।
त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिने प्रचलन छ ।
संशोधित समाचार , यसअघि फुलबारी लिलासम्पन्न भनेर समाचार रहेकोमा संशोधित गरिएको छ र पाठकप्रति पर्न गएको असरप्रति क्षमाप्रार्थि छौँ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…