नेकपाको प्रदेश कमिटिमा मेयर 'बरबरिया'
प्रदेश कमिटिमा चयन भएपछि बरबरियाले आफूलाई गौरवान्ति तुल्याएको बताए ।

२०७५ मंसिर १८ मंगलबार, बिहान ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपाको प्रदेश नं. २ को कमिटिमा धनुषाबाट शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियालाई चयन गरेको छ ।
सोमबार अपरान्ह सम्पन्न बैठकबाट प्रदेश नं. २ को कमिटि चयन भेलाबाट चयन गरिएको २ सय १५ जना मध्ये धनुषाबाट सदस्यमा कान्छो मेयर बरबरियालाई छनौट गरिएको हो ।
सबभन्दा ठुलो प्रदेश कमिटि मानिएको उक्त कमिटिमा बरबरियालाई चयन गरेपछि प्रतिक्रिया दिँदै उनले भने, नगर विकासको लागि संधै अग्रसर भएको छु । यसका साथै राजनीतिक यात्रासँग पनि विधिवत रुपमा जोडिन थालेको छु । तर मेरो राजनीतिक विचार र नगर विकासको सम्बन्ध अप्रत्यक्ष हुनेछ । राजनीतिक सम्बन्धबाट पनि उदेश्य मात्र नगर विकासको हुनेछ ।
प्रदेश कमिटिमा चयन भएपछि बरबरियाले आफूलाई गौरवान्ति तुल्याएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…