'मिथिला प्रदेश' माग्नेहरुको मधेश यात्रा विफल, कुटाईको डरले वीरगँजबाट भाग्यो !
भागेपछि एक दिनमै उनीहरुको अभियान टुक्रा- टुक्रा भएको हो ।

२०७५ मंसिर १५ शनिबार, बिहान ६:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । विगत केही दिनदेखि प्रदेश नं. २ को नामाकरण सम्बन्धमा गहन छलफल चलिरहँदा केही समुदायले प्रदेशको नाम 'मिथिला प्रदेश' राख्नुपर्ने माग गरिरहेका छन् ।
महोत्तरीबाट निकालिएको मिथिला प्रदेश नामाकरणको लागि निकालिएको हस्ताक्षर अभियान सहितको मधेश यात्रा विरगँजबाटै तुहिएको हो । प्रदेशको नाम मिथिला प्रदेश घोषणा गराउन शुक्रबार वीरगंजको घण्टाघरमा संचालन गरिएको हस्ताक्षर अभियानकर्ताहरु १० मिनेट मै भागेका थिए ।
भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान संचालन गर्ने अभियानकर्ताहरु प्रतिकार हुने डरले भागेको वुझिएको छ ।
हस्ताक्षर अभियान संचालन गरिएको फोटो सामाजिक संजाल फेसबुकमा सार्वजनिक भए पछि आक्रोसित भएका स्थानीय युवाहरु ती अभियानीहरुलाई चुटाई गर्नको लागि समूहकै निस्केर घण्टाघरसम्म पुगेका थिए ।
ओ.बि.सी. पर्साका अध्यक्ष अकलेश साहले हस्ताक्षर अभियान संचालनको सामाजिक संजाल फेसबुकमा फोटो देखेर आफूहरु त्यसको प्रतिकार गर्न घण्टाघर पुगेको वताए । आफुहरु वीरगंजको घण्टाघरमा पुगुन्जेल अभियानकर्ताहरु भागन सफल भएको साहले थपे ।
यस्तै, सामाजिक संजाल मै फोटो देखेर राष्ट्रिय विद्यार्थी संघ ठाकुर राम बहुमुखि क्याम्पसका अध्यक्ष मधुसुधन चौरसियाको समुह पनि घण्टाघर पुगेको थियो । आफूहरु फोटो हेर्ने वित्तिकै घण्टाघर पुगे पनि अभियानकर्ताहरु नभेटेको चौरसियाले जानकारी गराए ।
भोजपुरी भाषाभाषीको बहुल्यता रहेको विरगँजको घण्टाघरमा धोतीमा हस्ताक्षर अभियान लिएर पुगेका केही अभियानीहरुले युवाहरुको विभिन्न समूहहरुको डरले नै भागेका थिए ।
यसअघि प्रदेश नं. २ को पर्सा जिल्लाबाटै मँसिर १३ गतेदेखि मिथिला प्रदेशको लागि झापा जिल्लाको किचबद्धसम्म पुग्ने तयारीमा रहेका मिथिला प्रदेशका अभियानीहरुले डरले भागेपछि एक दिनमै उनीहरुको अभियान टुक्रा-टुक्रा भएको हो ।
यसै सन्दर्भमा संघिय विद्यार्थी फोरमका सचिवालय सदस्य निखिल बर्णवाल पनि वीरगंजको घण्टाघर पुगेको वताए । उनले भने, प्रदेश नं. २ को नाम मधेश प्रदेश वा मध्य प्रदेश राख्नको लागि छलफल भइरहेको अवस्थामा मधेश मोमेन्ट भाडन केही तत्व लागि परेको तथा त्यहीबाट संचालित तिनिहरु हुन सक्ने जनाउँदै उनीहरुलाई प्रतिकार गर्न उत्ता पुगेलगत्तै उनीहरु टाप कसेका थिए ।
नेवि संघका क्षेत्रिय सभापति विकास तिवारीले पनि हस्ताक्षर अभियानको विरोध गरे । उनले पनि आक्रोस पोखदै भने राजधानी पनि जनकपुर भयो, विकास पनि तिब्र गतिमा त्यही भईरहेको छ, अब कुनै पनि हालतमा मिथिला प्रदेश हुन नदिने र त्यस्तो कार्यको कडा प्रतिकार गर्ने वताए ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहले हस्ताक्षर अभियान संचालनकर्ताहरुको बहुरुपियाको संज्ञा दिए । भोजपुराको पहिचान खोस्न र वीरगंजलाई पछाडि धकेलन केही मैथली अभियानकर्ताहरु लागि परेको वताउदै त्यस्तो कार्यको अब प्रतिकार गर्ने वताए ।
मिथिला पुर्नजागरण अभियानले मिथिला प्रदेशको लागि हस्ताक्षर संकलन गर्न वीरगंजको घण्टाघर पुगेको थियो । जागरण अभियानका अभियानी महोत्तरी जिल्लाका ध्रुव कुमार झा, सप्तरी राजविराजकी गायिका अंजु यादव, महोत्तरकिै नविन झा लगायतकाले हस्ताक्षर अभियान संचालन गरेका थिए ।
सप्तरी, महोतरी, जनकपुर लगायतका ९ जनाको समुहले योजना अनुसार हस्ताक्षर अभियान संचालन गर्न शुक्रबार वीरगंज पुगेको शनिबार बाराको कलैया र आइतबार सिम्रौनगढ पुगने योजना रहेको बुझिएको छ ।
यस सम्बन्धी पहिलो समाचार
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…