'मिथिला प्रदेश' को लागि 'मधेश यात्रा'
मंसिर १३ गत्ते बाट मिथिला यात्रा पर्सा जिल्लाबाट शुभारम्भ गरिने भएको छ ।

२०७५ मंसिर ६ बिहीबार, बिहान ७:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को नामाकरणको विषयमा चर्को बहस र छलफल चलिहरेको बेला प्रदेशको नाम मिथिला प्रदेश राख्नको लागि दबाबमूलक कार्यक्रम गरिने भएको छ ।
प्रदेशको नाम मिथिला प्रदेश राख्नको लागि मधेसको पर्सा देखि झापासम्मको यात्रा गर्दै हस्ताक्षर अभियान चलाउने भएको छ । नामाकरणको लागि महोत्तरीको बनौलीगाउँको सम्भावित विद्यापती डिहबाट विद्यापती स्मृति दिवस मनाउदै अगामी मंसिर १३ बाट पर्सा देखी झापा सम्म यात्रा गरिने घोषणा गरिएको छ ।
मिथिला प्रदेशको लागि धोतीमा हस्ताक्षर अभियान समेत मधेसको विभिन्न जिल्लाहरुमा सुरु गरिसकेको जनाइएको छ । यसलाई हामीले कुनै राजनैतिक पार्टी दल को रुप दिएको छैन । यो हस्ताक्षर अभियान सहितको मिथिला यात्राको नेतृत्व मिथिलामा बस्ने स्वतन्त्र युवाको नेतृत्व रहने जनाइएको छ ।
यो मिथिला यात्रामा करिब १०/१५जनाको सहभागिता रहनेछ । बुधबारको कार्यक्रममा आशुतोष नवीन ,समाजिक अभियन्ता ध्रुव झा, निराजन झा, उदय यादव ,प्रकाश राय सहित बनौली गाउँका बुद्धिजिवी एवं युवाहरूको उपस्थिति रहेको थियो ।
प्रदेश नम्बर २ को नाम मिथिला राख्नको लागि पर्सा देखि सप्तरी सम्म हस्ताक्षर संकलन निम्ति संकल्पीत कार्यक्रम समेत गरिएको हो । हुलाकी राजमार्ग हुँदै मिथिला यात्रा झापाको किचकबद्ध सम्म पुग्ने कार्यक्रम रहेको छ । मंसिर १३ गत्ते बाट मिथिला यात्रा पर्सा जिल्लाबाट शुभारम्भ गरिने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…