लाईसेन्सको आवेदन फेरी बन्द, अर्को सूचना प्रकाशित गरिने
त्यसको लागि पुनः अनलाईन फाराम खुल्ने विभागले जनाएको छ ।

२०७५ मंसिर १४ शुक्रबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार मात्र शुरु भएको सवारी चालक अनुमति पत्र (लाईसेन्स) को फाराम पुनः साँझ ७ः३० बजेदेखि बन्द गरिएको छ ।
शुक्रबार अपरान्हदेखि मात्र खुलेको अनलाईन फाराम केही घण्टापछि मात्र अनलाईन आवेदन बन्द गरिएको हो ।
विभागको अनलाईन फाराम भर्दा अर्को सूचना नआएसम्म नयाँ आवेदन नलिने सन्देश दिइएको छ ।
त्यसको लागि पुनः अनलाईन फाराम खुल्ने विभागले जनाएको छ । तबसम्म चालकहरुले प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…