बसको आतंकः १४ महिनाकी छोरीसँग आमा खोसे
अत्यधिक गतिका कारण नियन्त्रण गर्न नसक्दा दुर्घटना हुन पुगेको

२०७५ मंसिर १४ शुक्रबार, बिहान ११:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा बसको ठक्करबाट १ महिलाको मृत्यू भएको छ । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गएराति एक महिलाको मृत्यु भएको हो । काँखमा रहेकी उनकी छोरी घाइते भएकी छिन् ।
राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना १ ज ८१०३ नम्बरको बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।
बस अत्यधिक गतिका कारण नियन्त्रण गर्न नसक्दा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…