शक्ति , सत्ता र सम्पतिमा महिलाको पहुँच अनिवार्य : उपप्रम यादव
अभिभावकलाई यसमा जिम्मेवार भूमिका निर्वाह गर्नु पर्ने

२०७५ मंसिर १३ बिहीबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ
अभिभावकलाई यसमा जिम्मेवार भूमिका निर्वाह गर्नु पर्ने

२०७५ मंसिर १३ बिहीबार, बेलुकी ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शक्ति, सत्ता र सम्पतिमा महिलाको पहुँच नभए सम्म महिला माथि हुँदै आएको हिंसा अन्त्य नहुने बताएका छन्।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय द्वारा जनकपुरमा आयोजित १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले समाजिक समानताको अवधारण लागु गरिए मात्र लैङ्गिक हिंसा अन्त हुने बताए ।
उनले हाम्रो कु परम्परा र गलत रितिरिवाजहरुले नै महिला हिंसालाई बढावा दिएको उल्लेख गर्दै यसका लागि समाजलाई अगाडी बढ्न आग्रह गरे ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले पितृ सतात्मक सोचको कारण लैङ्गिक हिंसामा वृद्धि भई रहेको उल्लेख गर्नु भयो । उनले अहिले महिला मात्र नभई पुरुष, तेस्रोलिङ्गीहरु समेत हिंसामा परि रहेको उल्लेख गरे ।
मुख्यमन्त्री राउतले लैङ्गिक हिंसाको प्रारम्भ घरबाटै शुरु हुने गरेको तथ्याक प्रस्तुत गर्नु हुँदै अभिभावकलाई यसमा जिम्मेवार भूमिका निर्वाह गर्नु पर्ने उल्लेख गरे ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, प्रतिनिधी सभा सदस्य जुली महासेठ सहितको उपस्थिति रहेको थियो ।
दुई दिन सम्म चल्ने कार्यक्रममा प्रदेश भरिकै प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख सहितको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


राजनीतिक

राजनीतिक

राजनीतिक

राजनीतिक
३ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा३ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने४ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद४ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक५ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१६ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमामव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…