राजपाको सदस्यता वितरणमा व्यस्त 'प्रवक्ता सिँह'
न्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को राजपा नेपाल बाराका प्रवक्ता अरुण सिंहद्वारा पार्टीको सदस्यता वितरण अभियानलाई तिव्रता दिइएको छ । बाराको देवताल गाउँपालिका वार्ड नं. १ मा बुधबार प्रवक्ता सिँहले सयौं सर्वसाधारण जनतालाई राजपा नेपालको सदस्यता प्रदान गरेका हुन् । मधेसी ,थारु ,दलित ,मुस्लिम , आदिवासी ,

२०७५ मंसिर १३ बिहीबार, दिउँसो ३:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को राजपा नेपाल बाराका प्रवक्ता अरुण सिंहद्वारा पार्टीको सदस्यता वितरण अभियानलाई तिव्रता दिइएको छ ।
बाराको देवताल गाउँपालिका वार्ड नं. १ मा बुधबार प्रवक्ता सिँहले सयौं सर्वसाधारण जनतालाई राजपा नेपालको सदस्यता प्रदान गरेका हुन् । मधेसी ,थारु ,दलित ,मुस्लिम , आदिवासी , जनजाती , महिला , अपाङ्ग ,लगायतका जनताहरुको मागलाई संविधान संशोधनको माध्यमले अधिकार दिलाउने अब एउटा पार्टी राजपा नेपाल मात्र रहेको भन्दै नव प्रवेशीहरुले सदस्यता ग्रहण गरेका छन ।
सहिदको सपना साकार पार्न अग्रसर रहेको हुनाले पार्टीको सदस्यता ग्रहण गरिएको नव प्रवेशीहरुको भनाइ रहेको छ ।
गत वि.सं. २०७४ साल बैसाख ७ गते ६ वटा पार्टीहरु एक भई मधेसी , थारु लगायतका जनताहरुको चाहना लाई पूरा गरेको र थोरै समयको अन्तरालमा देशमा गठन गरिएको स्थानीय तह , प्रदेश सभा सदस्य , प्रतिनिधि सभा सदस्यहरुको चुनावलाई चुनौतीको रुपमा स्विकार गरि राष्ट्रिय पार्टी बन्न सफल भएको प्रति खुशी जनाउदै उनीहरुले सयौँको सँख्यामा सदस्यता ग्रहण गरेको जनाइएको छ ।
मधेस आन्दोलनमा अहम भूमिका निर्वाह गर्दै आएका प्रवक्ता सिंहले आफ्नै हातबाट नव प्रवेशीहरुलाई अबिर लगाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टीको आगामी वर्ष वि.सं. २०७६ बैसाख ७,८,९, गते महाअधिवेशन गर्ने निर्णयलाई मध्यनजर गर्दै पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिइएको प्रवक्ता सिँहले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…