जानकी मन्दिरको सौन्दर्यीकरण सुरु, परिसरमै 'चरण गँगा' निर्माण हुने !
मुख्यमन्त्री राउतले सार्वजनिक रुपमै सबभन्दा पहिले जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने कसम दिएका थिए ।

२०७५ मंसिर १३ बिहीबार, दिउँसो १:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिरको सौन्दर्यीकरण कार्यको आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
मधेश मिथिलाको धार्मिक एवम् ऐतिहासिक नगरीको पौराणिक परिचय बोकेको विश्वप्रसिद्ध जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने प्रतिवद्धता प्रदेशका मुख्यमन्त्री मो. लालबाबू राउतले गरेका थिए ।
गत वर्ष मुख्यमन्त्रीको सपथ लिंदै मुख्यमन्त्री राउतले सबभन्दा पहिले जानकी मन्दिरको सौन्दर्यीकरण गर्ने प्रतिवद्धता र वाचा अनुसार त्यसको सौन्दर्यीकरणको लागि विहिबारदेखि काम सुरुको शिलान्यास गरिएको हो ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मधेश (प्रदेश नं.-२) का सरकारले मन्दिर सौन्दर्यीकरणको लागि रु. ७ करोड २१ लाखको लागतमा जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्न लागिएको हो ।
सौन्दर्यीकरण कार्यको प्रारम्भ भने मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा शिलान्यास गरेर हरियो झण्डी देखाएका हुन् ।
जानकी मन्दिर सौन्दर्यकरणको लागि तीन वटा प्रवेशद्धारको मर्मत संभार, जानकी मन्दिर परिसर भित्र मार्बल, ग्रे नाइट लाईट र जानकी मन्दिरको उत्तर, दक्षिण प्रवेशद्धारमा चरण गंगा निर्माण हुने सौन्दर्यीकरणका डिजाइनर प्रभाकर चौधरीले जानकारी दिए ।
जानकी मन्दिर सौन्दर्यीकरणको लागि जारी गरिएको पूर्व थ्रीडी तस्विर र भिडियो झैँ बनाउने योजना रहेको चौधरीले बताए । जानकी मन्दिर सौन्दर्यीकरणको ठेक्का लिएका आर. जे. रञ्जन कम्पनीले ठेक्का सम्झौता तिथि भित्रै कार्य सम्पन्न गरिने जनाइएको छ ।
प्रदेशका मुख्यमन्त्री मुस्लिम समुदायबाट बनेपछि केही व्यक्तिहरुले धर्मको आधारमा भेदभाव र विभेदीय विकास गर्ने टिकाटिप्पणी गर्न थालेपछि मुख्यमन्त्री राउतले सार्वजनिक रुपमै सबभन्दा पहिले जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने कसम दिएका थिए ।
शिलान्यास समारोहमा जानकी मन्दिरका महन्त, साधुसन्त, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायत सुरक्षाकर्मीहरु सहित सर्वसाधारण श्रद्धालुहरुको मोटो सहभागीता रहेको थियो ।
यस सम्बन्धी पछिल्ला समाचारहरु
पहिले जानकी मन्दिरलाई सौन्दर्यीकरण गछौँ : मुख्यमन्त्री राउत
जानकी मन्दिरको सौन्दर्यीकरण हुँदै, अब यस्तो देखिने छ 'नौलख्खा मन्दिर' !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…