यज्ञका लागि विशाल कलश यात्रा
यस किसिमका कार्यक्रमले समाजमा शान्तिको आभाष हुने विश्वास

२०७५ मंसिर ११ मंगलबार, दिउँसो २:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा २४ घण्टे यज्ञ सुरु भएको छ । बरियारपट्टी वडा नम्बर–४ नबटोलीमा ब्रह्म (नगर डिँहवार) पुजा र २४ घन्टे अष्टयाम सुरु भएको हो ।
नबटोलीस्थित रहेको मन्दिरमा सुरु भएको पुजन कार्यक्रममा ४०० बढी सहभागीसहितको विशाल कलश यात्रा निकालिएको थियो ।
बाजागाजासहित निकालिएको कलश यात्रा गाउँपालिकाको विभिन्न भागको परिक्रमा गरी श्रीपुर र हरिपुरको बीचमा अवस्थित उत्तरवाहिनि खोलामा जलभरेर मन्दिरमा स्थापित गरिएको मन्दिरका महन्थ मिश्री कामतले बताए ।
समाजमा अमनचैन, सुख, शान्ति होस भन्ने धार्मिक विश्वासले यज्ञ आयोजना गरिएको हो । उक्त यज्ञमा विभिन्न गाउँका ७ समूहका कृर्तन मण्डलीले साजबाजका साथ आ–आफ्नो प्रदर्शनी गर्नेछन् ।
२४ घण्टा “सिताराम सिताराम” जप हुने यस यज्ञमा बुधबार ३ वजेपछि प्रवचन ( रामको कथा) हुने आयोजकले जनाएको छ ।
यस किसिमका कार्यक्रमले हिन्दु संस्कृतिको जगेर्ना तथा विकासमा टेवा एवं समाजमा शान्तिको आभाष हुने विश्वास गरिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…