रोग लाग्न नै दिँदैनौ अब : मन्त्री घिमिरे
न्यूज ब्यूरो, ईटहरी । प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले जनतामा रोग लाग्नुभन्दा पहिले नै त्यसको छेकाई आवश्यक रहेको बताएका छन् । राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको स्वीकारोक्ती गरे । प्रदेश स्वास्थ्य मन्त्रालयले आज

२०७५ मंसिर ११ मंगलबार, दिउँसो १:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ईटहरी । प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले जनतामा रोग लाग्नुभन्दा पहिले नै त्यसको छेकाई आवश्यक रहेको बताएका छन् ।
राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको स्वीकारोक्ती गरे । प्रदेश स्वास्थ्य मन्त्रालयले आज (मँगलबार) इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उनले नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच केही मतभिन्नता देखिए पनि क्रमशः त्यो हट्दै जाने विश्वास व्यक्त गरे ।
देशमा स्वास्थ्य उपचारको भौतिक पूर्वाधार त हामीले तयार ग¥यौँ तर रोग लाग्न नदिने उपायका विषयमा गम्भीर हुन सकेनौँ । उनले भने, अब रोग लाग्न नदिने विषयमा स्वास्थ्य क्षेत्रमा लागेका सबैले सक्रियता देखाउनुपर्छ ।
सङ्घीय, प्रादेशिक र स्थानीय तह सबैले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता औल्याए । सो कार्यक्रममा प्रदेशका आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुलीले मानव स्वास्थ्यका क्षेत्रमा देखिएको समस्या न्यूनीकरणमा सम्बन्धीत सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताए ।
मन्त्रालयका सचिव हरिप्रसाद सुवेदीको अध्यक्षतामा भएको सो तीन दिने गोष्ठीमा मन्त्रालयका निर्देशक मोदराज डोटेलले प्रदेश नं १ को स्वास्थ्य अवस्थाको प्रतिवेदन प्रस्तुत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…