आजदेखि श्रमिकले पनि पेन्सन पाउने
न्यूज ब्यूरो, काठमान्डौँ । योग्दानमा आधारित सरकारले लाखौं श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गर्नुभयो । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स

२०७५ मंसिर ११ मंगलबार, दिउँसो १:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । योग्दानमा आधारित सरकारले लाखौं श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि सामाजिक सुरक्षा योजना लागू गरेको छ ।
उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गर्नुभयो ।
योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् ।
उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि रित्तो हात घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…