लोक सांस्कृतिक पर्वको संरक्षण प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले तराई मधेशका लोक सांस्कृतिक पर्वहरुको संरक्षण सम्बद्र्धन अव प्रदेश सरकारले गर्ने बताएका छन् । रौतहटको सन्तपुरमा आयोजित सामाचकेवा महोत्सव एवं कार्तिकेश मेलाको उद्घाटन गर्दै उनले यी साँस्कृतिक पर्वहरु समाजलाई जोडनुका साथै दाजु भाई तथ

२०७५ मंसिर ९ आइतबार, बिहान ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले तराई मधेशका लोक सांस्कृतिक पर्वहरुको संरक्षण सम्बद्र्धन अव प्रदेश सरकारले गर्ने बताएका छन् ।
रौतहटको सन्तपुरमा आयोजित सामाचकेवा महोत्सव एवं कार्तिकेश मेलाको उद्घाटन गर्दै उनले यी साँस्कृतिक पर्वहरु समाजलाई जोडनुका साथै दाजु भाई तथा दिदी वहिनी बीचको प्रेमलाई प्रगाढ बनाउने समाचकेवा जस्ता लोकसांस्कृतिक पर्वहरुको संरक्षण सम्बद्र्धन प्रदेश सरकारले गर्ने बताए।
विश्वका कतिपय देशले लोकसाँस्कृतिक पर्वहरुकै संरक्षण गरेर लाखौ पर्यटक भित्र्याउन सफल भएको उदाहरण दिदै प्रदेश नं. २ को सरकारले पनि प्रदेश भित्र रहेको लोकसाँस्कृतिक पर्वहरुलाई संरक्षण गर्दै पर्यटक संग जोडने योजना बनाई रहेको जीकिर गरे ।
महोत्सवमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय, भौतिक पूर्वाधार विकास राज्य मन्त्री डिम्पल झा , प्रदेश सभा सदस्य किशोरी यादव सहितको उपस्थिति रहेको थियो ।
मेलाको उद्घाटन पछि मुख्यमन्त्री राउतले धुर्मश सुन्तली फाउण्डेशन द्वारा सन्तपुरमै निर्मित एकीकृत नमूना वस्तीको निरीक्षण गर्नुका साथै चन्द्रपुर नपा १४ स्थित कृष्णप्रणामी मन्दिरमा पूजा समेत गर्न भ्याए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…