मधेश आन्दोलनका योद्धालाई राजपाको सहयोग
कार्तिक २८ गते उपचारको क्रममा चितवनको भारतपुर अस्पतालमा निधन भएको थियो ।

२०७५ मंसिर ८ शनिबार, बिहान ९:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । तेस्रो मधेश आन्दोलनका योद्धालाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आर्थिक सहयोग गरेका छन् ।
तेस्रो मधेश आन्दोलनको क्रममा योद्धापूर्ण भूमिका निभाएका बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २ अवधापुरा बस्ने पन्नालाल पटेल परिवारलाई सहयोग गरिएको हो ।
आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा नेता पन्नालाल पटेलको परिवारलाई राजपा नेपाल जिल्ला कार्य समिति बाराले १ लाख रुपैयाँ सहयोग गरेको हो । पेटको लिभरसम्बन्धी रोगले पीडित पटेलको ३२ वर्षको गत कार्तिक २८ गते उपचारको क्रममा चितवनको भारतपुर अस्पतालमा निधन भएको थियो ।
शुक्रबार पटेलको घरमै पुगेर पार्टीको तर्फबाट एक लाख रुपैयाँ राजपा नेपाल बाराका अध्यक्ष मंडलका संयोजक महेन्द्र मंडलले उनको घरपरिवारलाई हस्तान्तरण गरेको राजपा नेपाल बाराका प्रवक्ता अरुण सिंहले जानकारी दिए ।
सिँहका अनुसार, दिवगंत नेता पन्नालाल पटेलले मधेस आन्दोलनमा नागरिकको अधिकारको लागि खेलेको भूमिका पार्टीको लागि सदैव स्मरणीय रहने ठहर गरेको छ ।
नेता पटेलका दुई छोरी र एक छोरा छन् । पटेलको परिवारको आर्थिक अवस्था निकै दैनिय रहेकाले संयोजक मंडलले स्वर्गी युवा नेता पटेलका श्रीमतीलाई रोजगारको व्यवस्था गरिदिने र परिवारमाथि कुनै समस्या आए राजपाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रबक्ता अरुन सिंहले स्व।युवा नेता पटेलले मधेस आन्दोलनमा देखाएको बिरताको प्रसंशा गर्दै उनीहरु जस्तै योद्धाको कारण सबै मधेशी नागरिक सम्मानपूर्वक जीवन बिताउन सफल भएको बताए ।
प्रवक्ता सिंहले प्रदेश २ मा आफ्नो सरकार बनाउनमा नेता पटेल जस्तै योद्धाहरुको योगदान रहेको समेत स्पष्ट पारे ।
राजपाका केन्द्रिय सदस्य श्याम गुप्ता, अध्यक्ष मंडल बाराका सदस्य सन्तोष पटेल, धर्मेन्द्र यादव, मनोज चौवरसिया ,महमद फिरोज, युवा नेता जितेन्द्र मंडल, ताहिर मन्सुर, सिवरतन यादव लगायत उपस्थित थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…