‘साईन्स एण्ड आर्ट मेला’ शैक्षिक सुधारको नमूनाः वक्ताहरु
विज्ञान र कला प्रदर्शनीले शैक्षिक सुधारको लागि पाठ सिकाएको ।

२०७५ मंसिर ७ शुक्रबार, दिउँसो १:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्ला भित्र रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरु भित्र रहेका प्रतिभालाई प्रष्टफूटन गर्ने उद्देश्यले गरिएको दुई दिने साइन्स एण्ड आर्ट मेला २०१८ सम्पन्न भएको छ । बुधबार देखि प्यारागन पब्लिक स्कुल लहान ३ अस्पताल चोकमा शुरु भएको मेला विहिबार सम्पन्न भएको हो ।
साईन्स एण्ड आर्ट फेयर समूह र नवजागरण युवा समाजको संयुक्त आयोजना तथा प्यारागन पब्लिक स्कुल लहानको सहकार्यमा सम्पन्न साइन्स एण्ड आर्ट फेयरको उद्घाटन जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले गरेका थिए ।
कार्यक्रममा सिरहा जिल्ला अन्तर्गत रहेका प्यारागन, एपोलो, शारदा, हिमालयन, मदरलैंड, रेम्बो, ओम सनराइज, समता, मनकामना, जीबीस, सल्हेश फुलबारी, न्यु मनोकामना, लोटस, लोटस युनिक, लोर्ड बुद्धा, ग्रीनलांड, ह्वाइट हाउस, बुढानिल्कन्ठ, नमो बुद्धा लगायतका विद्यालयहरुका छात्र छात्राहरुले विज्ञान र कलासंग जोडिएका सामग्रीहरु तयार पारी प्रदर्शनी गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले यस प्रकारका विज्ञान र कला प्रदर्शनीले शैक्षिक सुधारको लागि एउटा नमूना हुनुको साथै सिरहाको शैक्षिक सुधारको लागि पाठ सिकाएको बताएका छन् ।
इमेजिन, ईन्भेन्ट, ईन्सपायर भन्ने मुल नाराका साथ विगत ३ वर्षदेखि विभिन्न ठाउँमा यो कार्यक्रम हुँदै आएको छ । लहानमा भने दोश्रो पटक थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…