राराब क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
राराबको पूर्व प्रतिष्ठा भने कोषौँ टाढा गएको देखिन्छ ।

२०७५ मंसिर ३ सोमबार, राति ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखि (राराब) क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सँचालित राराब क्याम्पसमा कैयौँ हप्तादेखि नियमित पठनपाठन नभईरहेको भन्दै क्याम्पसका विद्यार्थीहरुले नियमित पठनपाठनको माग गर्दै प्रमुखकै कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
चाडपर्वपछि क्याम्पस सञ्चालन भएपनि क्याम्पसमा प्राध्यापक नआउने, विद्यार्थी आएर त्यत्तिकै फर्कनुपर्ने समस्या यथावत रहेको भन्दै आक्रोसित विद्यार्थीहरुले क्याम्पस चिफको कार्यालयमा तालाबन्दी गरेर विरोध जनाएका हुन् ।
आफूहरुले क्याम्पसमा नियमित पठनपाठन गर्न पाउनुपर्ने नभए लिएको पैसा क्याम्पसले फिर्ता गर्दै आफूहरुलाई अन्यन्त्रै पढ्न पाउनुपर्ने व्यवस्था गरिदिनुपर्ने विद्यार्थीको माग छ ।
यता,क्यामपसका सहायक प्रमुख रामनरेश ठाकुरले सम्बन्धित बिषयको शिक्षक नभएकाले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताएका छन । नियमित क्याम्पस खुलेको भएपनि पठनपाठन नहुँदासम्म पनि क्याम्पस प्रमुख विजय लाल कायस्थ कानमा तेल हालेर मौन बसेका छन् । क्याम्पसमा पठनपाठन नियमित गर्न क्याम्पस प्रशासनले कुनै पहल नगरेको विद्यार्थीहरुको आरोप छ ।
राजनीतिक प्रभावले ग्रसित राराब क्याम्पसमा प्रतिकुल राजनीतिकै असरले सयौँ विद्यार्थी पलायन हुन बाध्य भएको देखिएको छ । राजनीतिक दबाब र प्रभावमा सँचालन हुँदै आएको राराबको पूर्व प्रतिष्ठा भने कोषौँ टाढा गएको देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…