धनुषामा सेनालाई 'ट्राफिक तालिम'
नेपाली सेनाले समेत परेको आपत्तकालिन बेलामा वरदान साबित हुने विश्वास लिइएको हो ।

२०७५ मंसिर ३ सोमबार, दिउँसो १२:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ट्राफिक नियमबारे धनुषामा नेपाली सेनालाई टरफिक तालिम दिइएको छ ।
सोमबार (आज) धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोल स्थित हवाई सुरक्षा तालिम शिक्षालयमा सि.सं १९ लाईट भेईकल ड्राभिंग तालिममा ५५ जना नेपाली सेनालाई सहभागी गराएर तालिम दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय धनुषाका कार्यालय प्रमुख प्रहरी नीरिक्षक दिपक कुमार साहले नेपाली सेनालाई डिफेन्सिभ ड्राईभिङ तथा सडक अनुशासन ,सवारी नियम सम्बन्धी प्रशिक्षण दिएका हुन ।
यो प्रशिक्षणपछि नेपाली सेनाले समेत परेको आपत्तकालिन बेलामा वरदान साबित हुने विश्वास लिइएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…