छात्रा जिस्काउँदा भएको झड्पमा ५ घाईते, ३ को अवस्था गम्भीर !
गम्भिर घाईतेहरुलाई युवा नेता शम्भु साह कानुले ५१ हजार रुपैया आर्थिक सहयोग गरेका छन् ।

२०७५ मंसिर २ आइतबार, बेलुकी ६:२५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, रौतहट । रौतहटमा छात्रा जिस्काएको निहुँमा भएको दुई पक्षबीचको झडपमा ५ जना घाईते भएका छन् ।
जिल्लाको गौर नगरपालिकामा विद्यालयमा अध्ययन गर्न जाने छात्राहरुलाई जिस्काउँदा बादविवाद भई झड्प हुँदा पाँच जना घाईते भएका छन् । गौर नपा वडा नं. ६ पुरेनवाबाट विद्यालय पढ्न आउने छात्राहरुलाई बरहवा खोलामा रहेको झुलुंगे पुलमा वडा नम्वर ५ का केही युवाहरुले बसेर जिस्काउने गरेको थिए । ति छात्राहरुले आफना अभिभावकलाई गुनासो गरेपछि विवाद उग्र भएको थियो ।
युवाहरुको अभिभावकलाई सम्झाउन जाँदा वादविवाद भई दोहोरो झड्प हुँदा वडा नम्वर ६ पुरेनवाका ५० बर्षिय बदामी साह, २८ बर्षिय शिकारचन राम र २४ बर्षिय अनिल साह सहित ५ जना घाईते भएका हुन् ।
घाईते मध्ये बदामीको टाउको हडी भाँचिएको , राम र साहको पनि टाउकोमा घाँउ लागेको निजहरुलाई जिल्ला अस्पताल गौरमा सामान्य उपचारपछि थप उचारको लागि विरगंज पठाइएको प्रहरीले जनाएको छ ।
विरगंज स्थित न्यूरो अस्पतालमा तिनै जनाको उपचार भईरहेको छ भने उपचारमा संलग्न चिकित्सकका अनुसार बदामीको अवस्था चिन्ताजनक रहेकोमा अहिले केही भन्न नसकिने तथा अन्यको सुधारोन्मुख रहेको बताइएको छ ।
यसैविच, घटनामा संलग्न रहेका मुख्य दोषि जितेन्द्र कुश्वाहालाई प्रहरी पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने कुश्वाहाको वयानको आधारमा दोषिहरु पहिचान भईसकेको हुँदा उनीहरुलाई यथाशिघ्र पक्राउ गरिने रौतहट प्रहरीका प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…