बलात्कारको आरोपमा यादव पक्राउ
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

२०७५ मंसिर २ आइतबार, बिहान १०:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका - ७ बाट जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ भने १ जना फरार रहेका छन् ।
करणीको आरोपमा सोही स्थान बस्ने बर्ष २५ को दिपक कुमार यादवलाई पक्राउ गरिएको हो भने सोही स्थान बस्ने बर्ष २२ को बाल गोपाल यादव फरार रहेकोले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरुले सोही स्थान बस्ने बर्ष ३० की महिलालाई कुखुराको फारममा जवरजस्ती करणी गरेको भनी पिडितको दिएको उजुरीको आधारमा दिपक कुमार यादवलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका यादव र पिडित महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…