जनकपुरधाममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथको स्वागत तयारी
मोदी भ्रमणपछि जनकपुरधाममा कैयौँ गुणा पर्यटकको सँख्या बढेको

२०७५ मंसिर १ शनिबार, बिहान ११:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको उत्तर प्रदेश (युपी) राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाममा स्वागतको तयारी तीव्र पारिएको छ ।
आउँदो मँसिर २६ गते जनकपुरधाममा मनाइने रामजानकी विवाहमहोत्सव (विवाहपँचमी) मा जन्ती (बाराती) बनेर जनकपुर आउन लागेका मुख्यमन्त्री योगीका स्वागत तयारी तीव्र पारिएको हो ।
भारतको सत्तापक्ष भारतीय जनता पार्टी (भाजपा) का नेता समेत रहेका मुख्यमन्त्री योगीको स्वागत तथा सुरक्षाको प्राथमिक अनुमगनको लागि नेपालका लागि भारतीय राजदुत मञ्जिव सिँह पुरी विवाहपँचमी महोत्सवका विभिन्न सरोकारबाला निकाय तथा व्यक्तिहरुसित भेटघाट गरेका छन् ।
जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णवसित राजदुत पुरीले मुख्यमन्त्री योगी आउँदो मँसिर २६ गते विवाहपँचमीमा साधुसन्तको टोली लिएर जन्ती (बाराती) आउन लागेपछि जनकपुरवासी समेत स्वागतको लागि तयारी थालेका छन् भने उत्साह समेत बढेर आएको देखिएको छ ।
कट्टर हिन्दुवादी र आस्थालीन चरित्रका नेता मानिएका योगी आदित्यनाथ जनकपुरधाम पहिलो पटक अयोध्याबाट जन्ती बनेर आउन लागेका हुन । शुक्रवार राजदुत पुरीले नेपालको प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतसँग समेत सुरक्षा र स्वागतको बारेमा छफलफ गरेका हुन् ।
मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणपछि आस्थावान विभिन्न ठाउँबाट श्रद्धालु, पर्यटकहरु मोटो सँख्यामा आउने विश्वास लिइएको छ । मोदी भ्रमणपछि जनकपुरधाममा कैयौँ गुणा पर्यटकको सँख्या बढेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…