१४ औं NCSQC-2018 मा मोनाष्टिकको सफलता
देशैभरिका विद्यालयहरुको माझबाट दोस्रो स्थान ल्याएपछि बधाईको ओइरो

२०७५ कार्तिक १८ आइतबार, दिउँसो ३:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजधानी काठमान्डौँमा आयोजना गरिएको १४ औँ NCSQC-2018 मा जनकपुरधामको मोनाष्टिक स्कूल दोस्रो स्थान ल्याउन सफल भएको छ ।
मोनाष्टिकबाट मा सहभागी जनाउन राजधानी काठमान्डौँ पुगेका टिमले सफलता हाँसिल गरेर तराई मधेसको शान राख्न सफल भएको छ । काठमान्डौँको ज्ञानेश्वर स्थित चलेको त्रिदिवसीय कार्यक्रममा सहभागीता जनाएका मोनाष्टिकका लियो कैयूम राईनले उच्च माध्यमिक तहबाट दोस्रो स्थान हाँसिल गरेका हुन् ।
नेपालैभरिको ९० वटा नीजि विद्यालय तथा १२ सय विद्यार्थीमध्ये मोनाष्टिकका राईनले दोस्रो स्थान दिलाउन सफल भएको मोनाष्टिकका प्रबन्धक निर्देशक डा. सोनु कुमार साहले जानकारी दिए ।
विजेता राईनलाई मोनाष्टिकको तर्फबाट पुरस्कार ग्रहण गर्न मञ्चमा विज्ञान, प्रविध तथा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।
क्वेस्ट नेपभल तथा ग्यालेक्सी पब्लिक स्कूलको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमलाई उद्घाटन सत्रमा विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले उद्घाटन गरेका थिए भने मन्त्रालयका सचिव बरालले समापन गरेका हुन् ।
मोनाष्टिकले गत वर्ष सन् २०१७ मा जनकपुरधाममा आयोजना गरेको १३ औँ को लागि समेत उत्कृष्ट पुरस्कार पाएका हुन् । राजधानीमा गएर विद्यालयले देशैभरिका विद्यालयहरुको माझबाट दोस्रो स्थान ल्याएपछि बधाईको ओइरो लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…