सडकको अवस्थाप्रति चक्का जाम
आन्दोलन तीब्र रुपमा अगाडी बढाउने स्थानीयहरुले बताएका छन् ।

२०७५ कार्तिक १६ शुक्रबार, बेलुकी ७:०० बजे१ मिनेट पढाइ

मनिष शर्मा, महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ४ चक्बा टोलमा स्थानीयहरुद्वारा चक्का जाम गरीएको छ । सडकको अवस्था जीर्ण रहेकोले त्याहाका बासीन्दाहरुका साथै उक्त सडकका उपभोगताहरुले सोही सडकको मर्मत तथा सम्हार कार्य छिटै गर्नृ पर्ने र सरोकारबालाहरुलाई ध्यानाकर्षण गराउनका लागी चक्का जाम गरेका छन् ।
सो टोलमा स्कुल र पोखरीको बिचामा सडक जीर्ण अवस्थामा रहेकोले सरोकारबालाहरुलाई ध्यानाकर्षण गराउनका लागी विहान आठ बजे देखी नै तीन घण्टाको चक्का जाम सुर भएको थियो । प्रत्येक वर्ष वर्षाले माटो काटदै गएकोले थोरै पनि ध्यान यता उता हुदाँ दुर्घटना समेत हुन सक्ने अवस्था सिर्जना भएको छ् ।
साथै चकका जाममा प्रदेश सभा सदस्य माननीय रानी शर्मा तीवारी सहित राजपाका केन्दि«य सदस्य चँन्दन दुबे ,अभियानी ध्र्रुब झा, आदीको उपस्थीति रहेको थियो । उक्त सडकको सुधार तथा बनाउनका लागी प्रदेश सभा समक्ष पहल भएको र छिटै नै समस्या समाधान गराउने वाचा पनि माननीय तीवारीले गरेकी छिन् । म यो क्षेत्रको प्रतिनिधी हुँ र यो मेरो आनदोलन हो भन्दै स्थानीयहरुलाई प्रोत्षाहन समेत दिएकी छिन् ।
आईतवार प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाई आन्दोलन तीब्र रुपमा अगाडी बढाउने स्थानीयहरुले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…