पदको आडमा मेयर मण्डलको दादागिरी
जनप्रतिनीधिहरु पदको आडमा गुण्डागर्दी गर्दै गरेको उदाहरणहरु देशैभरि विभिन्न ठाउँमा हेर्न सकिन्छ !

२०७५ कार्तिक १६ शुक्रबार, बिहान ७:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा बुधबार भएको घटनाप्रति आरोपित उपभोक्ता समितिका अध्यक्ष रामहृदय यादवले हँसपुर नपाका मेयर रामज्ञान मण्डलले पदको धाक लगाएको बताएका छन् ।
विहिबार विभिन्न सँचारमाध्यमहरुमा मेयर मण्डल उपर हातपात गरिएको समाचार प्रकाशन प्रकाशित भएपछि आरोप लगाईएका समितिका अध्यक्ष यादवले काम गरेको वापतको रकम माग्न जाँदा उल्टै प्रहरीको जिम्मा लगाएको आरोप लगाए ।
जनकपुरधामको एक रेडियो कार्यक्रममा बोल्दै उपभोक्ता समितिका अध्यक्ष यादवले धनुषाको हंशपुर नगरपालिका वडा नंं ४ स्थित मौदकरही टोलमा सडकमा ग्राईबल र गिट्टीको लागि निकासा हुनुपर्ने रकम अति ढिलो तथा अन्य ठाउँको उपभोक्ता समिति सबैको निकास दिइसकेको र आफूलाई मात्र निकासा नगरेको आरोप लगाउँदै त्यही रकम माग्न जाँदा पदको आडमा प्रहरी बोलाएर जिल्ला पठाएको बताए ।
उपभोक्ता समितिका अध्यक्ष राम हृदय यादव र सचीव दीपनरायण यादव कामकाज सम्पन्न गरि भुक्तानी माग्न जादा उनीहरूलाई नगर प्रमुख मण्डलले प्रहरी लगाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको आरोप लगाए ।
हंसपुर नगरपालिका वडा नं. ४ मा ग्राइबलको निकासी भएको पाँच लाखको काम सम्पन्न गरि भुक्तानीको लागि पटक पटक आग्रह गर्दा नगर प्रमुखले आलटाल गरेको उनको आरोप छ ।
बुधबार मात्र मेयरलाई फोन गरेर भुक्तानी माग्न नगरपालिका कार्यालयमा दुवै जना पुगेको थियो । उनीहरूलाई घण्टौँ कुराएर मेयर आएर कसले फोन गरेको उनीहरुलाई सोध्दै पहिले आफु एजेन्ट, गुन्डा थिए, पैसा दिदैनौं जे गर्नु छ गर, भन्दै प्रहरीको टोलि बोलाएर आफूहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको उपभोक्ता समितिका अध्यक्ष यादवले बताए ।
यता, नगर प्रमुखले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दायर गराएको छ । विहिबार समितिका अध्यक्ष यादव र सचीव दीपनरायण यादव लाई जिल्ला प्रहरीका एसपी गोबिन्द थपलियाले स्वास्थ परिक्षण गराएर छाडदै सार्वजनिक अपराधको मुद्दा समेत चलाएको छ ।
संघीयतापछि आएका नव जनप्रतिनीधिहरु पदको आडमा गुण्डागर्दी गर्दै गरेको उदाहरणहरु देशैभरि विभिन्न ठाउँमा हेर्न सकिन्छ । चुनावमा लाखौ खर्चेर असुलेको भोटको ब्याज तिर्न उनीहरुले बेला बेलामा नयाँ नयाँ हतकण्डा समेत अपनाएको समाचार विभिन्न सँचारमाध्यमबाट प्रकाशन प्रकाशित हुँदै आएको छ ।
यस घटना सम्बन्धी पहिलो समाचार
धनुषामा मेयर उपर हातपात !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…