धनुषामा मेयर उपर हातपात !

दिउँसो अढाई बजे प्रहरीले जाहेरी दर्ता गरेको हो !

२०७५ कार्तिक १५ बिहीबार
दिउसो ४:२० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक मेयर उपर उपभोक्ता समितिले हातपात गरेको छ । 

 

धनुषाको हंशपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल उपर  हातपात भएको हो ।  नगरपालिकाको वडा नं. ४ मा भएको बाटो ग्राभेल उपभोक्ता समितिका अध्यक्ष राम हृदय यादवले मण्डल उपर हातपातको प्रयास गरिएको मेयर मण्डलले बताए । 


उनले भने, "नगरपालिका कार्यालयको कार्यकक्षमै वडा नं. ४ का बाटो ग्राईभेल उपभोक्ता समितिका अध्यक्ष रामहृदय यादव र स्थानीय दीपनारायण यादवले हातपातको प्रयास गरे । दुवैजना मिलेर ममाथि खनिएका थिए, त्यसैबेला मलाई बचाउन वडा नं. २ का विजय मण्डल आए तर उनीहरुले ममाथिको रिस उसमाथि नै देखाए ।"


बाटो ग्राईभेल गरिएको लामो समय बितिसक्दा समेत भुक्तानी नदिएको भन्दै उपमोक्ता समितिका अध्यक्ष यादवले मेयरमाथि खन्निएका हुन् ।

 

कार्यकक्षमै आफुमाथि भएको हातपातको प्रयास र आफुलाई बचाउन खोजेका विजय मण्डलमाथि कुटपीट गर्ने अध्यक्ष यादव र उनका सहयोगी दीपनारायणलाई कार्वाहीको माग गर्दै नगर प्रमुख मण्डलले दुवैजना विरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएका हुन् ।

 

घटना पश्चत हातपात गर्ने अध्यक्ष रामहृदयलाई जिल्ला प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिए पनि बुधबार राति नै छोडेको पछि बिहीबार (आज)  विहानै मेयर मण्डल सहित स्थानीयहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । 

 

"जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले अनुसन्धान पश्चात मात्र मुद्दा गर्ने भन्दै जाहेरी दर्ता गर्न मानेन्, तर आफुले जाहेरी दर्ता नगराई नफर्किने वरु धर्ना दिने बताएपछि दिउँसो अढाई बजे प्रहरीले जाहेरी दर्ता गरेको हो ।" उनले भने । 

 

मेयर मण्डलले काममा त्रुटि गरेको संका लागेका केहि उपभोक्ता समितिको भुक्तानी रोकेको र छानविन पश्चात मात्र आर्थिक वर्ष २०७५।०७६ मा भुक्तानी गर्ने नगरपालिकाबाट निर्णय नै गरेको बताए ।  तर उपमोक्ता समितिका अध्यक्ष यादवले आफुलाई फोनमा समेत धाकधम्की दिएको र कार्यालयमा आएर आफुमाथि हातपात गर्ने प्रयास गरेकाले कडा कार्वाही हुनुपर्ने माग गरेका छन् ।

 

यता, विहिबार विभिन्न सँचारमाध्यमहरुमा मेयर मण्डल उपर हातपात गरिएको समाचार प्रकाशन प्रकाशित भएपछि आरोप लगाईएका समितिका अध्यक्ष यादवले काम गरेको वापतको रकम माग्न जाँदा उल्टै प्रहरीको जिम्मा लगाएको आरोप लगाए । 


जनकपुरधामको एक रेडियो कार्यक्रममा बोल्दै उपभोक्ता समितिका अध्यक्ष यादवले  धनुषाको हंशपुर नगरपालिका वडा नंं ४ स्थित मौदकरही टोलमा सडकमा ग्राईबल र गिट्टीको लागि निकासा हुनुपर्ने रकम अति ढिलो तथा अन्य ठाउँको उपभोक्ता समिति सबैको निकास दिइसकेको र आफूलाई मात्र निकासा नगरेको आरोप लगाउँदै त्यही रकम माग्न जाँदा पदको आडमा प्रहरी बोलाएर जिल्ला पठाएको बताए । 

 

 



 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७५ कार्तिक १५ बिहीबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus