एउटै व्यक्तिले देश कब्जा गरेपछि विकराल : अध्यक्ष महतो
न्यूज ब्यूरो, जनकुरधाम । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालका अध्यक्ष अरविन्द महतोले समाजको सामुहिक हितका लागि आफुले विगतदेखि नै काम गर्दै आएको र यसलाई निरन्तरता दिने बताएका छन् । देशमा विभिन्न परिवर्तनहरु आएपनि एउटै व्यक्तिले नाम परिवर्तन गरी राजाको शासन कालदेखि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्

२०७५ कार्तिक १४ बुधबार, बेलुकी ७:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकुरधाम । स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालका अध्यक्ष अरविन्द महतोले समाजको सामुहिक हितका लागि आफुले विगतदेखि नै काम गर्दै आएको र यसलाई निरन्तरता दिने बताएका छन् ।
देशमा विभिन्न परिवर्तनहरु आएपनि एउटै व्यक्तिले नाम परिवर्तन गरी राजाको शासन कालदेखि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीय गणतन्त्र सम्म पनि एउटै व्यक्तिले देश कब्जा गरेका कारण यूवाको विकराल अवस्था बन्दै गएको बताए ।
उनले मधेशका असन्तुष्टिहरुलाई समयमै समाधान नगरिए विस्फोट हुने र विस्फोटमा समाज खलबलिने खतरा रहेकोले समयमै मधेशको समस्यालाई राजनीतिक तवरबाट हल खोजेर समाधानको बाटोमा उन्मुख हुनुपर्नेमा जोड दिए । उनले आफु रामरतन स्मृति प्रतिष्ठानको स्थापना गरी गाउँघरको शिक्षा, स्वास्थ्य, सुशासन तथा युवाको विकासमा जोड दिर्दै आएको र आगामी दिनमा समेत सक्दो सहयोगका लागि हातेमालो गर्न तत्पर रहने बताए ।
उनले भने, ‘हाम्रो समाज बनाउने जिम्मे युवाहरुको हो, त्यसैले समाज निर्माणको पाटो युवाको अपरिहार्य भुमिका रहेको कारण युवाहरुले आफ्नो गाउँ समाज, टोल, छरछिमेक कस्तो हुनुपर्छ, भन्ने निर्धारण गर्नुपर्छ ।’ अध्यक्ष महतोले मधेश र मधेशीमाथिको विभेद र असमानतालाई शान्तिपूर्ण राजनीतिक तवरबाट समाधान खोज्नुपर्नेमा जोड दिए ।
लामो समय देखि समाजिक कार्यमा संलग्न रहदै आएको महतोले मंगलवार धनुषाको सबैला नगरपालिका वडा नं. १० मा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा उनले राजनीतिक, समाजिक, आर्थिक तथा सांस्कृति विकास एक्कै सिक्काको दुई पाटा भएकोले सबैलाई एकैसाथ अगाडी बढाउन आवश्यक रहेको बताए । उनले समाजको सम्पुर्ण पक्षहरुलाई एकैसाथ समानान्तर रुपमा अगाडी बढाउन सकिए देशले गति लिनेमा विश्वास व्यक्त गरे ।
महतोले भने, ‘मिथिला सभ्यता हाम्रो पुँजी हो, धार्मिक, सांस्कृतिक सहितको अपार सम्भावना बोकेको यस प्रदेशलाई धार्मिक पर्यटन प्रबद्र्धनको दिशामा उपलब्धि हासि गर्न सकिए प्रदेशको विकास कसैले रोक्न सक्दैन ।’ उनले प्रदेश २ कृषि, तथा धार्मिक संस्कृतिको धरोहर भएका कारण त्यसलाई जोगाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…