धनुषाको सर्सा स्कूलमा विद्यार्थी र अभिभावकले हाने ताला
तालबन्दी कसले र किन गरेको बारे समेत अनभिज्ञता

२०७५ कार्तिक ११ आइतबार, राति ९:२७ बजे१ मिनेट पढाइ

विनय कुमार यादव । धनुषाको राष्ट्रिय आधारभूत निम्न माध्यमिक विद्यालय सर्सामा विद्यार्थी तथा अभिभावकहरुले तालाबन्दी गरेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित उक्त विद्यालयमा विद्यालयका विद्यार्थी एवम् अभिभावकहरुले २०७५/७६ असार १३ गते खुल्ला बिज्ञापन रहेको प्रा. वि. राहत कोटामा एकजना शिक्षिकाका लागि खुल्ला बिज्ञापनमा रकमको चलखेल गरेको भन्दै अनिश्चितकालिन तालाबन्दी गरेको हो ।
परिक्षा ज्ञानकुप स्कुलमा लिएको थियो । सहभागी बिद्यार्थी जम्मा ९ जना हुदाँहुदै पनि नि मा बिका प्र. अ. खेमनारायाण यादवकी छोरी वर्ष २३ की प्रीयन्का कुमारी यादवलाई लिखितमा नाम निकालिएको भन्दै मोटो रकमको चलखेल भएको आरोप लगाउँदै तालाबन्दी गरिएको जनाइएको छ ।
स्थानीय बासिन्दाहरु पटक पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि चासो नलिएको कारण बाध्य भएर तालाबन्दी गरिएको जनाइएको छ । प्र.अ. यादवले प्रियँकाको लागि परीक्षा कापी परीक्षा हल बाहिरै बनाएर समावेश गरेको आरोप लगाउँदै अनिश्चितकालको लागि तालाबन्दी गरिएको हो ।
यता, प्र.अ. यादवले विद्यार्थी एवम् अभिभावकले लगाएको सबै आरोप मिथ्या र निराधार रहेको बताए । न्यूज ब्यूरोसँग कुराकानी गर्दै प्र.अ. यादवले परीक्षा र कापी जाँच समेत विधिपूर्ण तथा सरोकारबालाहरुको रोहबरमै भएको भन्दै आरोप निराधार रहेको बताए ।
विद्यालयमा तालाबन्दी बारे अनभिज्ञता जनाउँदै आफू विदामा बाहिर रहेकोले तालबन्दी कसले र किन गरेको बारे समेत अनभिज्ञता प्रकट गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…