राजपाको सदस्यता वितरण अभियान जारी
न्यूज ब्यूरो, बारा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को सदस्यता वितरण अभियानलाई निरन्तरता दिइएको छ । शुक्रबार बसेको पार्टीको विस्तारित बैठकबाट जिल्लाको विभिन्न ठाउँमा आम सर्वसाधारणहरुलाई राजपाको सदस्यताको लागि आव्हान गर्दै अभियानलाई निरन्तरता दिइएको हो । पार्टीको बारा जिल्ला सँयोजक महेन्द्र मण्ड

२०७५ कार्तिक १० शनिबार, बिहान ११:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को सदस्यता वितरण अभियानलाई निरन्तरता दिइएको छ । शुक्रबार बसेको पार्टीको विस्तारित बैठकबाट जिल्लाको विभिन्न ठाउँमा आम सर्वसाधारणहरुलाई राजपाको सदस्यताको लागि आव्हान गर्दै अभियानलाई निरन्तरता दिइएको हो ।
पार्टीको बारा जिल्ला सँयोजक महेन्द्र मण्डलको अध्यक्षतामा एवम् पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम राष्ट्रिय सभा सदस्य रमेश यादव , महामन्त्री जितेन्द्र सिंह सोनल , सह महासचिव रामकिशोर यादव , केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति बारा प्रमुख नवल किशोर सिंहको विशेष उपस्थितिमा अयिभानलाई तिव्रता दिएको हो ।
विस्तारित बैठकमा श्याम गुप्ता , परम्हन्स केसरी , पिन्की यादव , मेघु , गणेश साह , डा. कम्रुलाह अन्सारी , अजहर मन्सुर , युवा के स सर्फुल्लाह अन्सारी सन्जय पान्देय ,रामबाबु साह अध्यक्ष मंडल सदस्य सन्तोष पटेल , धर्मेन्द्र यादव , मनोज चौरसिया पार्टी बाट निर्वाचित प्रशौनी गा पा अध्यक्ष भोला साह , परवानीपुर अध्यक्ष हरिनरायन साह तथा पार्टी बाट महागधिमाइ न पा मेयर प्रतयासी रामचन्द्र साह ,बारा गधिमाइ प्रत्यासी जोगिन्द्र साह लगायत पार्टीका जिल्ला कार्य समिति , भातृ संघ संगठनका प्रमुख प्रतिनिधि सहित गाउँ गाउँ तथा टोल टोलबाट आएका अगुवा नेता तथा महिला नेत्रीहरुको उल्लेखनीय सभागितातमा विस्तारित बैठक बसेको थियो ।
राजपाको केन्द्रीय कार्यलायले सदस्ययता अभियान तिब्रता दिन पठाइएको निर्देशन अनुसार जिल्ला भरीको सम्पुर्ण स्थानिय तहमा विशेष सभा समारोह तथा व्यक्तिगज पहिचानको आधारमा सदस्यता वितरण गर्ने कार्यक्रम रहेको छ ।
अभियानलाई तिव्रता दिन समिति गठन
पार्टीको नागरिक प्रतीको अधिकार सुनिश्चित गराउने कार्य समेत को जानकारी गराउँदै पार्टीका अगुवाहरुले अधिक भन्दा अधिक नगरिकलाई सदस्यताको माध्यमले जोड्ने प्रक्रिया अपनाउने सम्बन्धि जिल्ला अध्यक्ष मण्डल तथा राष्ट्रिय सभा सदस्य , प्रतिनिधि सभा सदस्य , प्रदेश सभा सदस्य केन्द्रिय पदाधिकारी समेत रहने गरी सदस्यता वितरण अभियानलाई तिव्रता एवम निगरानी समिती गठन गर्ने निर्णय गरिएको हो ।
शुक्रबारको बिस्तारित बैठकले बारा जिल्लामा बसोबास गर्ने पहाडी समुदायका नागरिक समेतको घरदैलोमा पुगी निजहरुलार्इ समेत राजपा नेपालको सदस्यता लिन आग्रहको वातावरण निर्माण गर्ने प्रतिवद्धता समितिले जाहेर गरे ।
राजपा नेपालको प्रथम सदस्यता सहिद पत्नी शोभा राजबन्शी लाई गर्ने सम्झौता अनुसार करिब २ सयको हाराहारीमा उनकै हाथबाट सदस्यता ग्रहण गरिएको हो ।
आम जनताको अधिकारको लागि आफ्नो ज्यानको आहुति दिएर पार्टीलाई यहाँसम्म पुरयाएको भन्दै शहिदकै धर्मपत्नीको हातबाट सदस्यता वितरणको शुभारम्भ गराइएको पार्टीका प्रवक्ता अरुण सिँहले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…