'प्रचण्ड' नयाँदिल्ली प्रस्थान
प्रचण्ड आजै बेलुका स्वदेश फर्कने जनाइएको छ ।

२०७५ कार्तिक ९ शुक्रबार, बिहान १०:३८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको दिल्ली प्रस्थान गरेका छन् ।
इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार (आज) विहानै भारतको नयाँदिल्ली प्रस्थान गरेका हुन । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिने कार्यक्रम रहेको छ ।
अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ । फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो ।
कार्यक्रममा भाग लिन आफूलाई दुई महीनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको शुक्रवार प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले जानकारी दिए ।
उनको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुग्नुभएको थियो । प्रचण्ड आजै बेलुका स्वदेश फर्कने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…