६ मुखे राजपालाई एकमुखे बनाउनुपर्छ : नेता भण्डारी
आउने दिनमा आफूहरु दुर्इ नम्बर प्रदेशमा मात्र होइन समग्रमा शोषित पीडितको पक्षमा वकालत गर्ने ।

२०७५ कार्तिक ८ बिहीबार, राति ८:३६ बजे२ मिनेट पढाइ
आउने दिनमा आफूहरु दुर्इ नम्बर प्रदेशमा मात्र होइन समग्रमा शोषित पीडितको पक्षमा वकालत गर्ने ।

२०७५ कार्तिक ८ बिहीबार, राति ८:३६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । राष्ट्रिय जनता पार्टी ( राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिँह भण्डारीले पार्टीलाई एकमुखे बनाउनुपर्ने बताएका छन् ।
महोत्तरीको जलेश्वरमा बिहीबार आयोजित एक दिने जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भण्डारीले सप्तरीको मलेठ घटनापछि निर्माण गरिएको राजपा अहिले पनि ६ मुखे नै रहेको दाबी गरे ।
मलेठ घटनापछि ६ वटा पार्टीलाई समेटेर बनाइएको राजपा नेपालमा ६ मुखे भएकै कारण नेतृत्वदायी भूमिका र पार्टीको लागि चाहिने उर्जामा कमी आएको हुन सक्ने बताउँदै पार्टीलाई एकमुखे हुनुपर्ने धारणा राखे ।
अहिलेको दुर्इ तिहाइको संघिय सरकारले अधिनायकवाद लाद्न खोजेको कारण संघीयताको रक्षार्थ अब सोच्नुपर्ने बेला आएको छ । अहिलेको प्रमुख चुनौंती नै संविधानको रक्षा गर्नु, संघीयताको रक्षा गर्नु भएकाले सुरुमा त्यसका लागि बलियो बन्न ६ टाउको भएको राजपाको एक टाउको बनाउनुपर्ने बेला आएको छ । राजपा नेपाल अहिले निजी कम्पनी जस्तै छ यसरी काम नचल्ने भएकाले हामीले पार्टी नै बनाउने तर्फ जोड दिनुपर्छ ।’ उनले भने ।
अहिलेको दुर्इ तिहाइको संघिय सरकारले अधिनायकवाद लाद्न खोजेको कारण संघीयताको रक्षार्थ हामीले अव सोच्नुपर्ने वेला आएको बताए । नले वर्तमान संघीय सरकारमाथि प्रश्न तेर्स्याउँदै भने,’ गाउँ(गाउँमा सिंहदरवारको फोटो त छ तर अधिकार अझैं उही पुरानो सिंहदरवारमै सीमित छ ।’
सो कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले अबको आउने दिनमा आफूहरु दुर्इ नम्बर प्रदेशमा मात्र होइन समग्रमा शोषित पीडितको पक्षमा वकालत गर्न लागि पर्ने बताए ।
राजपा नेपाल अब आफ्नो दृष्टिकोण स्पष्ट गर्दै यो देशको जनताको भावना अनुरूप काम गर्नु पर्ने बेला आएको जिकिर गर्दै नेता यादवले मधेशको मात्र होइन देशको हितमा काम गर्ने सोचकासाथ अगाडी बढ्ने जनाए ।
सोही कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राजपा नेपालले राजपा नेपाल वैकल्पिक शक्तिको रुपमा काम गर्नुपर्ने बेला आएको जिकिर गर्दै अब आफ्नो पार्टीको सबलीकरण गर्दै जनताको पार्टीको रुपमा नाम अनुसार नै काम गर्ने दाबी समेत गरे ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


राजनीतिक

राजनीतिक

राजनीतिक

राजनीतिक
२ घण्टा अगाडि
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा नेपाली अनुसन्धानकर्ता डा. देवेश झा२ घण्टा अगाडि
धनुषाः खजुरीको काली मन्दिरमा 'सुजित सर' को १२ दिने 'निर्जल तपस्या', दशमीसम्म ध्यानमै रहने३ घण्टा अगाडि
कमाण्ड सम्हालेको एक सातामै सशस्त्रका ईन्सपेक्टर अजय ठाकुरको टोलीद्वारा ५७० किलो गाँजा बरामद४ घण्टा अगाडि
दसैँको रौनकसँगै गायिका रश्मी रानीको नयाँ मैथिली गीत ‘झिझिया खेलबै हे सखी’ सार्वजनिक५ घण्टा अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१५ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमामअसोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २५ आइतबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
याँ कामको योजना बनाउन अनुकूल समय छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। आर्थिक कारोबार गर्दा हतार नगर्नुहोस्। परिवारको साथले आत्मविश्वास बढ्नेछ। कुराकानीमा संयम राख्नुहोला।
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…