सहिदकै त्याग र बलिदानीको प्रतिफल तीन तहको सरकारः शिक्षामन्त्री पोखरेल
प्राविधिक शिक्षातर्फ सामुदायिक विद्यालयको शिक्षा रुपान्तरित हुन जरुरी ।

२०७५ कार्तिक ६ मंगलबार, बिहान ११:१३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सहिदकै त्याग र बलिदानीले तीन तहको सरकार सम्भव भएको बताएका छन् । मंगलबार विहान मिर्चैयाको होटेल होलिडेमा आयोजित सहिद गौरी प्रसाद साहको १५ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले महान सहिदहरुकै त्याग र बलिदानीको फलस्वरुप मुलुकलमा तीन तहको सरकार गठन हुन सकेको बताएका हुन् ।

मन्त्री पोखरेलले सहिदकै त्याग र बलिदानीको प्रतिफल स्वरुप पाएका तीन तहको सरकारलाई सहयोग गरेर समृद्धितर्फको यात्रालाई एकता तथा सहमतिसहित अगाडि बढाउनु सबै नेपालीको अबको साझा कर्तव्य र दायित्व भएको बताउनुभयो । उहाँले सहिदले देखाएको बाटामा अघि बढ्ने प्रण गर्न सबै नेपालीलाई आग्रह गरेका समेत गर्नुभयो । नेपाली जनताको अधिकारका लागि योगदान दिने सहिदहरुको बलिदानको उच्च सम्मान र भावनाको कदर गर्दै उहाँहरुको सपनालाई साकार पार्दै अघि बढ्न सरकार प्रयत्नशील रहँदै आएको उहाँले थप्नुभयो ।
त्यसैगरी, मन्त्री पोखरेलले देशमा शिक्षक उत्पादन अधिकमात्रामा भएकोले अब प्राविधिक शिक्षातर्फ सामुदायिक विद्यालयको शिक्षा रुपान्तरित हुन जरुरी भएको बताउनुभएको छ । मन्त्री पोखरेलले शिक्षक उत्पादन गर्ने शिक्षा संकायको पाठ्यक्रम र पठन–पाठनमै कमजोरी रहेको बताउनुभयो । २ सय ५४ विद्यालयमा प्राविधिक शिक्षा सुरु भइसकेको बताउँदै मन्त्री पोखरेलले अब शिक्षालाई सिपसँग, श्रमलाई उ्रत्पादनसँग जोडेर शिक्षा नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अब प्राविधिक शिक्षाबिना शिक्षा क्षेत्रमा उपलब्धि हासिल गर्न नसकिने धारणा राख्नुभयो । मन्त्री पोखरेलले शिक्षाको यस परिवर्तनकारी अभियानलाई सफल बनाउन हरेक पक्षलाई सहयोग गर्नका लागि आग्रह समेत गर्नुभयो ।

नेकपा मिर्चैया नगरपालिकाको आयोजना र नगरप्रमुख श्रवण कुमार यादवको सभापतित्वमा भएको सो कार्यक्रममा शिक्षामन्त्री पोखरेल, सिरहा निर्वाचन क्षेत्र नं. ४ “क” का प्रदेशसभा सदस्य दिलिप साह, सिरहा ३ “क” का रामकुमार यादव, गोलबजार नगरपालिकाका नगरप्रमुुख देवनाथ साह, मिर्चैया नगरपालिकाकी उपप्रमुख जिवछी देवी साह, कर्जन्हा नगरपालिकाकी उपप्रमुख ज्ञानु कुमारी श्रेष्ठ लगायत नेकपाका जिल्लाका विभिन्न ठाउँका नेताकार्यकर्ता, शिक्षक, कर्मचारी, वुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…