माटोको ढिस्कोमा परेर एक बालिकाको मृत्यू
चिकनी ( टल्कने खाले माटो ) खन्न बढी बालबालिका जाने गरेको देखिएको छ ।

२०७५ कार्तिक १ बिहीबार, दिउँसो ३:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको ज्यान गएको छ ।
नगरपालिकाको वडा नं. ४ लक्ष्मीपुरमा विहिबार बिहान करिब ७ः ३० बजे माटोको ढिस्कोमा परेर ज्यान गएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।ज्यान जानेमा धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी बस्ने राम अवध यादवकी छोरी अन्दाजी बर्ष ८ की सिर्जना कुमारी यादवको च्यापिएर मृत्यू भएको हो ।
मृतक बालिका चाड पर्वमा आफनो मामा घर आएकी थिइन ।
तराई मधेसमा तिहार र छठ नजिकीदै गर्दा चिकनी माटोले घर लिपपोत गर्ने प्रचलन रहेको बालिकाले चिनकी माटो खन्न गएको बेला माथिबाट खसेको ढिस्कोमा पुरेर घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
उनीसँगै अन्य ५ जना बालबालिकाहरु माटो खन्न गएको प्रहरीले जनाएको छ । स्थानीय मिका पन्डित र रन्जिता पन्डित घाईते भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज प्रहरी नीरिक्षक प्रकाश दाहालले जानकारी दिए ।
तिहार र छठमा तराई मधेसको विभिन्न जिल्लाहरुमा समेत चिकनी ( टल्कने खाले माटो ) खन्न बढी बालबालिका जाने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…