धनुषाको गोदारमा मोसा दुर्घटना हुँदा दुई घाईते
शंकर यादव , धनुषा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गोदारमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरापालिका वडा नं. ६ स्थित भएको मोटरसाईकल दुर्घटनामा अन्दाजी बर्ष ३० का दिपक लामा घाईते भएका हुन् । ज १० प ४८१४ रातो रँगको पल्सर गोदार नजिकै एक पैदलया

२०७५ असोज ३० मंगलबार, राति ११:५५ बजे१ मिनेट पढाइ

शंकर यादव , धनुषा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गोदारमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । राजमार्ग अन्तर्गत गणेशमान चारनाथ नगरापालिका वडा नं. ६ स्थित भएको मोटरसाईकल दुर्घटनामा अन्दाजी बर्ष ३० का दिपक लामा घाईते भएका हुन् ।
ज १० प ४८१४ रातो रँगको पल्सर गोदार नजिकै एक पैदलयात्रीलाई बचाउन खोज्दा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि अनुहारमा चोट लागेका दिपकको उपचार स्थानीय समर अस्पतालमा उपचार भईरहेको तथा अवस्था समान्य रहेको जनाइएको छ ।
पश्चिमबाट पूर्व तर्फ गईरहेको रातो रँगको पल्सर राती करिब ११ बजेको समयमा बाटो काटदै गरेको पैदल यात्रीलाई बचाउन ब्रेक लगाउँदा दुर्घटना भएको जनाइएको छ । पैदल यात्रीको अवस्था समेत समान्य रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…