जनकपुरको दुई मन्दिरमा चोरी, एक पक्राउ
दानपेटीको सिसा फुटाएर दानको रकम चोरी गरेको

२०७५ असोज २८ आइतबार, बिहान ९:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दशैंको आगमनसँगै जनकपुरधाममा धुमधाम र दशैँ तथा शक्तिपीठहरुमा पूजाआजा चलिरहेको बेला दुई अलगै अलगै स्थानको शक्तिपीठबाट चोरीको घटना सार्वजनिक भएको छ ।
जनकपुरधाम उप महानगरपालिका वडा नं. ९ बंशीचोक स्थित रहेको बौद्धिमाई मन्दिरबाट गएराती बाजागाजा सेट चोरी भएको छ । गएराती करिब १ बजेको समयमा मन्दिरमा लगाइएको लाउडस्पीकरको बाजा सेटहरु चोरी भएको स्थानीय सुरेश शर्माले जानकारी दिए ।
उक्त बाजा सेटहरु स्थानीय निकायको चुनावमा वडा नं. ९ का राजपाबाट वडाध्यक्षका प्रत्यासी बलिराम साहले उपलब्ध गराएका थिए । चोरी कसले र किन गरेको हो भन्ने खुल्न सकेको छैन ।
स्थानीय सुरेश शर्माका अनुसार मन्दिर निर्मााण कार्य अगाडी पनि स्थानीय दुईतीन जनाले मन्दिर निर्माणको विरोधमा रहेका थिए । स्थानीय हेमन्त साह यसअघि मन्दिर निर्माणको विरोध गर्दै आएका थिए । सार्वजनिक जग्गा भन्दै आएपनि मन्दिर निजी जग्गामा परेको भन्दै विरोध जनाउँदै आएका थिए ।
चोरी कसले र किन गरेको बारे खुल्न सकेको छैन भने वडा प्रहरी कार्यालय मुजेलियाले घटनाको मुचुल्का उठाएर लगेको तथा अनुसन्धान अगाडी बढाएको जनाइएको छ । बाजा सेट करिब ८० हजार मूल्य बराबरको रहेको थियो । बलिराम साहले मन्दिरमा सुहावनको लागि निःशूल्क सहयोग स्वरुप उपलब्ध गराएका थिए ।
यसका साथै, जानकी चोक स्थित रहेको पल्टीमाई मन्दिरको दानपेटीबाट दान चोरी गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गएराती जानकीचोक स्थित रहेको तरकारी बजार नजिकै रहेको पल्टिमाई मन्दिरको दानपेटीको सिसा फुटाएर दानको रकम चोरी गरेको आरोपमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ रमदैया बस्ने बर्ष २२ का रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यादवलाई पक्राउ गरी दुवै ठाउँको चोरीको बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…