राजदेवीमा बोकाबलीको रसिद काँटिदै, १४ हजार बढी बोका बलीको अनुमान
एउटा बोका (खँसी) वापत २०० रुपैयाँको रसिद कटाउनुपर्ने छ ।

२०७५ असोज २६ शुक्रबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष राजा जनककी कुलदेवी माता राजदेवीलाई भेटी स्वरुप दिँदै आएको बोकाबलीको लागि रसिद कटान सुरु भएको छ ।
विहिबारदेखि नै मन्दिर परिसर भित्रै रहेको गुठी सँस्थानमा बोकाबलीको लागि रसिद (पूर्जी) काट्न सुरु गरिएको राजदेवी पूजन आयोजक महाविर युवा कमिटीका अध्यक्ष रोशनशेखर जयसवालले जानकारी दिए ।
प्रत्येक वर्षझैँ यसवर्ष पनि बोकाबलीको कार्यक्रम अष्टमी तिथिको रहेको जनाइएको छ । अष्टमी तिथिको साँझा ६ ३० बजेदेखि बोका बली कार्यक्रम सुरु हुने अध्यक्ष जयसवालले जानकारी दिए ।
जयसवालका अनुसार, सप्तमी तिथिको विहान माता राजदेवीमा भव्य श्रृङगार कार्यक्रम रहेको छ । भव्य श्रृङगारपछि महाआरती हुने छ । सप्तमी तिथिकै राती १० बजेदेखि प्रसाद ( लड्डु चढाउने) कार्यक्रमको लागि पँगति आरम्भ हुनेछ ।
यसपाली पनि बोका बलीको लागि प्रति टाउको २ सय रुपैयाँ तोकिएको छ । एउटा बोका (खँसी) वापत २०० रुपैयाँको रसिद कटाउनुपर्ने छ ।
राजदेवीमा हुँदै आएको बोका बलीको यहाँको गायत्री परिवार सहित अन्य संघ सँस्थाहरुले विरोध गर्दै आएको छ । राजदेवी मन्दिर लगत्तै भगवान रामको मन्दिर रहेको भन्दै बोकाबली उचीत नभएको भन्दै विरोध जनाउँदै आएको छ । गायत्री परिवारले जनकपुरधाममै कत्तै पनि बली प्रथा नगर्न आग्रह गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…